पिसाव पिलाउने घरेलु कामदारलाई जेल सजाय

  - बगैँचा सम्वाददाता

हङकङमा घरेलु कामदारको रुपमा काम गर्ने कुम्सातुन नामक ४० बर्षिय ईन्डोनेशियाली महिलालाई आफ्नै मालिकको छोरालाई पिसाव पिलाएको अभियोगमा यहाको अदालतले आज सोमबार ४ महिनाको जेल सजाय तोकेको छ। अभियुक्तले कचकच गर्ने आफ्नो महिला रोजगारदाता फेङ पिलाउने योजना भए पनि झुक्किएर १३ बर्षिय छोरोले पिउन पुगेका थिए।
उक्त घटना आप लेइ चाउ स्थित रोजगारदाता फेङको घरमा गत अप्रिल ११ तारिक घटेको थियो।सधै कचकच गरिरहने फेङलाई बदला लिन तिनले पिसाब पिलाउने योजना बुनेकी थिईन। उक्त बिहान कुम्सातुन भ्याकुम थर्मसमा पिसाब पानी मिसाईदिएकी थिईन। सोहि दिन दिउसो फेङको १३ बर्षिय छोरोले स्कुलबाट आउन बित्तिकै झोला बिसाएर थर्मस बाट पानी सारेर पिए। पानी पिउदा अनौठो स्वादको अनुभव गरे पछि उनले आफ्नो आमालाई उक्त कुरा सुनाए। केरकार पछि ति कामदारले आफ्नो पिसाव मिसाएको स्विकार गरिन।
त्यसपछी फुङले प्रहरीलाई खबर गरे। अनुसान्धनको क्रममा प्रहरीलाई कुम्सातुन भनिन ” मलाई छोरोले उक्त पिसाव पिउला भन्ने लागेको थिएन, खासमा मैले उनको मुखाले आमालाई बद्ला लिन चाहन्थे।”
उक्त पिसाब पिए पछि छोरोको स्वस्थमा कुनै असर नपरे पनि मानसिक आघात पुगेको बताईएको छ। अदालतको न्यायाधीशले उक्त अपराध गम्भिर भएको तथा रोजगारदाताको विश्वास तोडेको बताएको छ।
पक्राउ परेपछी तिनले प्रहरी लाई भनिन ” मलाई थाहा छ कि मैले गल्ती गरे, मलाई एक पटक मौका दिनुहोस”।
तिनलाई बिष पिलाई घाईते तुल्याउने मनसाय गरेको अभियोगमा सजाय तोकिएको हो।
पिसाबलाई हानिकारक मान्न सकिन्छ, यसबाट रोगका जीवाणु , फङ्गी जस्ता रोगहरु संक्रमण हुन सक्ने एक सरकारी फोरेंसिक रोगविज्ञान बिभागले बताएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार