महिलामाथि काँटी घोप्ने आक्रमणकारी सार्वजनिक………

काठमाडौँ – सिरिन्ज आक्रमणमा संलग्न भएको आरोपमा सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पछिल्लो दिनमा महिलामाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएका उजुरी परेपछि प्रहरी उनिहरुको खोजिमा जुटेको थियो। प्रहरीले महिलालाई आक्रमण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो। त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरी कार्कीसम्म पुगेका हो। आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका कार्कीलाई सार्वजनिक गर्दै ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिनुका साथै ढल्कु र पकनाजोल क्षेत्रको घटनामा पनि आफ्नो संलग्नता रहेको स्वीकार गरेकाे जनाएकाे छ। काठमाडौ प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले भने,‘उनले सिरिन्ज नभई सुरूमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन्। तर आक्रमण गर्नुको कारण भने ‘रमाइलो’का लागि भनेका छन्। काठमाडौँ परिसरका प्रमुख उत्तम सुवेदीका अनुसार कार्की महाराजगञ्जमा होटल व्यवसाय गर्छन। राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जाने क्रममा माहिलामाथि आक्रमण गर्थे। प्रहरीले अनुसन्धानको क्रममा घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। कार्कीको बयानलाई भने प्रहरीले पूर्णरुपमा विश्वास गरिसकेकोछैन। कार्कीमाथि प्रहरीले अन्य कोणबाट थप अनुसन्धान गरिहेको छ। उनलाई नेपाल प्रहरीको काठमाडौं परिसरले बिहीबार राति महाराजगञ्जबाट पक्राउ गरेको थियाे। पछिल्लो समय काठमाडौँ उपत्यकासहित आसपासको जिल्लामा शृङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमणको घटना भएपछि प्रहरीले सर्तकता बढाएको छ। रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार