कोपा अमेरिका- सेमिफाइनल र फाइनल खेल बिबरण

एजेन्सी

ब्राजिलमा जारी ४६औं संस्करणको फुटबल प्रतियोगितामा क्वार्टरफाइनल खेल सकिएपछि अब सेमिफाइनलको २ खेल, तेस्रो स्थानका लागि १ खेल र फाइनल गरि ४ वटा खेल हुन बाँकी छन् । गत राति उरुग्वेलाई पेनाल्टी सुटआउटमा पेरुले ५-४ ले हराउँदै सेमिमा स्थान बनाएपछि सेमिमा खेल्ने ४ वटै टोलीको टुंगो लागेको हो ।

सेमिफाइनलको पहिलो खेल ब्राजिल र अर्जेन्टिना खेल्नेछन् । अन्तिम आठमा ब्राजिलले पेनाल्टीमा पराग्वेलाई ४-३ ले हराएर सेमिफाइनल पुग्दा अर्जेन्टिनाले भेनेज्वेलालाई निर्धारित समयमा २-० ले हराएर सेमिमा ब्राजिलसँगको भेट पक्का गरेको हो । त्यसैगरी- दोस्रो सेमिफाइनलमा चिली र पेरु खेल्नेछन् । अन्तिम आठमा चिलीले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेर सेमिमा स्थान बनाउँदा पेरुले उरुग्वेलाई पेनाल्टी सुटआउटमै ५-४ ले हराएर सेमिमा चिलीसँगको भेट तय गरेको हो ।

सेमिफाइनलका खेल तालिका यस प्रकार छ:

पहिलो सेमिफाइनल: ब्राजिल VS अर्जेन्टिना – बुधबार बिहान ८:३० बजे (HK Time)

दोस्रो सेमिफाइनल: चिली VS पेरु -बिहीबार बिहान बिहान ८:३० बजे (HK Time)

तेस्रो स्थानका लागि: पहिलो सेमिफाइनलमा पराजित VS दोस्रो सेमिफाइनलमा पराजित ।

समय: आइतबार बिहान बिहान ३ बजे (HK Time)

फाइनल खेल: पहिलो सेमिफाइनल विजेता भर्सेस दोस्रो सेमिफाइनल विजेता
समय: सोमबार बिहान ४ बजे (HK Time)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार