मध्यरातमा हङकङ नेपाली महासंघको कार्यलय तोडफोड

  - बगैँचा सम्वाददाता

ईटाको प्रहारले फुटेको झ्यालका सिसा र ईटा

हङकङमा सस्थाहरुको अगुवा हङकङ नेपाली महासंघको कार्यलय तोडफोड भएको छ। बिहिबार बिहान जोर्डनको १६५ वुसुङ स्ट्रीट स्थित पहिलो तल्लामा रहेको उक्त कार्यलयको झ्याल ईटाको प्रहारबाट तोडफोड भएको जानकारी प्राप्त भएको छ।

घटना बिबरण लिदै गुप्तचर प्रहरी

संघको कार्यालय सङ्गै नेपाली समुदायको लागी सामुदायिक सेवा समुहको समेत कार्यलय रहेको छ। उक्त सामुदायिक सेवामा कार्यरत गौरी गुरुङले बिहान नौ बजे कार्यालय पुग्दा उक्त घटना देखेकी हुन। तिनले भनिन ” सदा झै ढोका खोलेर भित्र पसे, अनि आफ्नो क्याबिनमा तिर गए, आफु बस्ने कुर्सीमा ठुलो ईट्टा पो बिराजमान भएको देखे, बिहान पख सुनसान पख मेरो त होस हवास नै उड्यो, तत्काल रिता दिदि लाई फोन मार्फत जानकारी गराए”।

नेपालीको स्वामित्वमा रहेको बित्तिय कार्यलयको कम्प्युटरहरु यथावत

पाच कोठा भएको उक्त तल्लाको कोठा ए मा नेपालीकै स्वामित्वमा सन्चालित बित्तिय कार्यलय रहेको छ। मर्मत भै रहेको उक्त भवनमा लुटेराहरु बेम्बू स्काफफोल्डिङ बाट मध्यरातको समयमा चढेको हुन सक्ने निर्देशक गम्मर श्रीसले बताए। उनले थपे ” सायद पैसा चोर्ने लुटेराहरु हुनु पर्छ। तर हामी क्यास राख्दैनौ, सबै सिस्टम रेकर्ड मात्र हुन्छ, नत्र हाम्रो यस्तो महङ्गो कम्प्युटर लैजाने थियो, महङ्गो सन ग्लास सहित सबै कम्प्युटरहरु सहि सलामत छ्न”।
उक्त फ्लाटमा रहेको कोठा “बि र सि” सुरक्षित छन भने डि र ई महासंघको कार्यलय छ। कोठा एफ मा रहेको सैलुनको समेत झ्याल तोडेर भित्र पसि ३ हजार हङकङ डलर चोरी भएको सैलुन सन्चालकले बताएको छ।
संघका भुपु अध्यक्ष तथा याउ चिङ मोङ जिल्ला फाईट क्राईम कमिटीका उपाध्यक्ष रिता गुरुङ यो घटना बाट दुखित हुदै भनिन ” सम्भवत हामीलाई निशाना बनाएको हुन सक्छ। घटनालाई मोड्न अन्य रुमहरुमा बढी क्षती पुर्याएको हुन सक्छ।” आफु यहाको प्रहरी सस्थाको अपराध नियन्त्रण कमिटीमा समेत रहेकोले यो घटनालाई प्रहरिले गम्भीरता पुर्बक अनुसान्धन गरिने बताईन।
घटनास्थलमा गुप्तचर प्रहरीहरुले अनुसान्धन बयान तथा अनुसान्धन गरिरहेको छ।

महासंघ को कार्यलय प्रबेशद्वार

महासंघले केहिदिन अगाडी २० औ बार्षिकोत्षब मनाएको छ। सङमा ३३ सस्थाहरु आबद्द छन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार