मुन्धुमविद्हरूको मुन्धुम समीक्षा

२० असार, काठमाडौ ।

संकलित मुन्धुमको पाण्डुलिपिलाई उत्कृष्ट पुस्तक बनाउन लिम्वु समुदायका लब्ध मुन्धुमविद्हरूमाझ अन्तक्रिर्या सम्पन्न भएको छ । मुन्धुमका स्रोतहरू ४ जना येवा र विज्ञबाट संकलित मुन्धुमको संकलन, लेखन, अनुवाद तथा सम्पादनमा विज्ञ तुम्याहाङहरूबाट परामर्श लिने उद्देश्यले काडमाडौंमा अन्तक्रिर्याको आयोजना भएको हो ।
देश विदेशमा रहेका याक्थुङ्् लिम्वु समुदायका लागि साझा, सर्बस्वीकार्य र उत्कृष्ट मौलिक याक्थुङ् मुन्धुम निर्माण गर्नु मुन्धुमविद्हरूको संयोजन गरिएको पुस्तकका सम्पादक तथा अनुवादक डि.वि. आङवुङले बताए । याक्थुङ् जातिसंग सम्वद्ध मुन्धुम, भाषा र संस्कार तथा संस्कृतिबारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्दै पाण्डुलिपिका समीक्षक डा. चैतन्य सुब्बाले भने : मुन्धुमका प्रमुख स्रोतहरू फेदाङ्मा, येवा, साम्बा र युमासाम तथा तुत्तु तुम्याहाङ विज्ञहरूसंग थप सहकार्य र परामर्श गर्न सुझाव दिएका छन् ।
मुन्धुमको बैज्ञानिकता, मिथकहरूको प्रयोग, मौलिक इतिहासको खोज अनुसन्धानको माध्यमबाट उत्कृष्ट मुन्धुम निर्माणको विविध आयामहरूका सम्वन्धमा तुम्याहाङहरू वैरागी कााइला, येहाङ लावती, कृष्णविक्रम नेम्वाङ, अमर तुम्याहाङ र अर्जुन लिम्वुले सुझाव दिएका थिए ।
कार्यक्रममा मुन्धुम संकलनकर्ताहरू येवाः कमल तवेवुङ -तमरखोला) राम कुमार केदेम  (मिक्वाखोला), अमर वहादुर माबो (याङ्रुप) र सुक वहादुर लक्सम (फावाखोला) को सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार