‘मेस्सी’लाई रेडकार्ड; चिलीलाई हराउँदै अर्जेन्टिना तेस्रो

जुलाई ६ हङकङ

हङकङ समय समय अनुसार आइतबार बिहान ब्राजिलको साउपाउलोमा जारी कोपा अमेरिका फुटबलको तेस्रो स्थानको लागि भएको सनसनि र तनावपूर्ण खेलमा खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले हराउँदै तेस्रो स्थान सुरक्षित गरेको छ ।

उक्त खेलमा अर्जेन्टिनी कप्तान लिओनल मेस्सी र चिलियन कप्तान ग्यारी मेडेलले एकसाथ रातो कार्ड पाए । खेलको ३७औं मिनेटमा आपसमा झगडा गरेको आरोपमा रेफ्रीले दुवै खेलाडीलाई एकसाथ रातो कार्ड देखाउँदै मैदानबाट निकालेका थिए । त्यसक्रममा दुवै टोलीका खेलाडीबीच केहीबेर ठेलमठेल र हात हालाहालको स्थिति सिर्जना भएको थियो । 

चिलीको बक्स एरिया नजिकै चिलियन कप्तान मेडेलले मेस्सीबाट बल क्लियर गर्नेक्रममा दुई खेलाडीबीच हलुका ट्याकल भएर बल लाइनबाहिर फुत्केको थियो । लगतै मेडेलले रिसाउँदै फर्किएर मेस्सीलाई छातीले धक्का दिएका थिए । मेस्सीले पनि जवाफमा छातीले नै धक्का दिएपछि अवस्थाले थप उग्र रूप लिन्छ र तत्काल रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएर मैदानबाट निकाल्छन् ।

त्यसअघिको रोमान्चक खेलमा अर्जेन्टिनाले १२औं मिनेटमा सर्जियो अगुएरोको सान्दार गोलबाट अग्रता लिएको थियो । सो गोलमा कप्तान मेस्सीले असिस्ट गरेका थिए । फेरि खेलको २२औं मिनेटमा अर्जेन्टिनाका लागि अर्का खेलाडि पाउलो डिबालाले दोस्रो गोल गरेपछि अर्जेन्टिनाले खेलमा २–० को सहज अग्रता लिएको थियो ।

तर, खेलको ३७औं मिनेटमा पुगेपछि एकाएक तनावग्रस्त बनेको थियो । एकैपटक दुई टिमका कप्तान रातो कार्ड खाएर मैदान छाडेपछि पनि खेलमा थप तनावपूर्ण अवस्था आइरहन्छ ।

दुवै टिम १०–१० खेलाडीमा सीमित भएको सो खेलमा दोस्रो हाफमा सुरुबाटै झन् घम्साघम्सीपूर्ण दृश्य देखिन थाल्छन् । दुई रातो कार्ड र ७ पहेंलो कार्डको वर्षा भएको खेलमा चिलीले खेलको ५९औं मिनेटमा बक्स क्षेत्रमा अर्जेन्टिनाको खेलाडीले चिलीका खेलाडीलाई फउल गरेपछि रेफ्रीले भिएआरको प्रयोग गरेर पेनाल्टी मौका दिन्छन् । जसमा अर्टुरो भिडालले सहजै गोल गरेर खेल २–१ बनाएपछि दबाबमा रहेको चिलीले खेलमा फर्किने संकेत गरेको थियो । तर, त्यसपछि निर्धारित ९० मिनेट समयमा पनि चिलीले थप गोल गर्न नसकेपछि खेल अर्जेन्टिनाले २–१ ले जित्यो । यो जितसँगै अर्जेन्टिना यस संस्करणको तेस्रो टिम बनेको छ ।

उक्त संस्करणको फाईनल खेल आयोजक ब्राजिल र पेरु बिच हङकङ समय अनुसार सोमबार बिहान ४ बजे हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार