को हुन् प्रस्तावित चार राजदूत ? यस्तो छ पृष्ठभूमि……….

काठमाडौं – सरकारले राजदूतमा सिफारिस गरेका चार जना राजदूत मध्य अस्ट्रेलियाका लागि सिफारिस राजदूत महेशप्रसाद दाहाल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनका बासिन्दा हुन्। लामो समयसम्म नेपाली कांगे्रसको राजनीतिमा सक्रिय उनी गत असोजमा मात्र नेकपामा प्रवेश गरेका थिए। उनको राजदूत बन्ने मुख्य योग्यता नेकपाका अध्यक्ष दाहाल निकट हुनु हो। दाहालकै निकट भएकाले उनले पार्टीमा प्रवेश गरेको छोटो समयमै महत्वपूर्ण जिम्मेवारी पाएका हुन्। राजनीतिमा क्षमता भन्दा पनि नातावाद र कृपावाद हाबी हुँदै गइरहेको आरोप लागिरहेका बेला दाहालले आफ्नो निर्वाचन क्षेत्रका आफू निकट दाहाललाई राजदूत नियुक्त गरेका हुन्। दाहाललाई कांग्रेस हूँदै निर्वाचनका बेला नेकपा अध्यक्ष दाहाललाई सघाएको बक्सिस स्वरुप राजदूतको पदले सम्मान गरिएको हो। धुम्बाराही स्थित नेकपाको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले त्यतिबेला आफू व्यक्तिगत स्वार्थका लागि भन्दा पनि देश र जनताको हितका लागि नेकपामा प्रवेश गरेको बताएका थिए। सोही कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले महेश दाहालको क्षमतालाई मुलुकको समृद्धिका लागि सदुपयोग गर्ने बताएका थिए। उनले गणतन्त्र संस्थागत गर्न महेश दाहालको बहुआयामित व्यक्तित्वले सघाउने बताएका थिए। नेपाली कांग्रेसको भात्रृ संगठन तरुणदलमा महत्वपूर्ण जिम्मेवारीमा रहेका दाहाल शुशील कोइराला नेतृत्वको सरकारका बेला तत्कालिन सञ्चारमन्त्री मिनेन्द्र रिजालका तर्फबाट नेपाल टेलिभिजनको अध्यक्ष नियुक्त भएका थिए। स्पेनका लागि राजदूत सिफारिस दावाफुटी शेर्पा यती एयरलाइन्सका सञ्चालक लाक्पा सोनम शेर्पा तथा पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हमु शेर्पाकी छोरी हुन्। प्रधानमन्त्री ओलीको सम्बन्ध पर्यटन व्यवसायमा संलग्न शेर्पा परिवारसँग राम्रो भएकै कारण दावाफुटी कुटनीतिक पृष्ठभूमिकी नभएर पनि राजदूतको कोटामा सिफारिस भएकी हुन। दावाफुटीले केही समय अघि मात्र आमाको नाममा स्थापित पासाङ ल्हामु पर्वतआरोहण प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी समेत सम्हालेकी थिइन्। त्यस्तै बंगलादेशका लागि राजदूत सिफारिस वंशीधर मिश्र पुर्व राज्यमन्त्री समेत हुन्। उनले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्। नेकपामा माधवकुमार नेपाल नजिक मानिने उनलाई नेता नेपालकै सिफारिसमा राजदूतमा नियुक्त गरिएको हो। हाल बंगलादेशका लागि नेपाली राजदूतमा रहेका डा. चोपलाल भूसाललाई फिर्ता बोलाएको सरकारले उनको सट्टामा मिश्रलाई राजदूतका रुपमा पठाउन लागेको हो। भुसाल नेपाली कांग्रेसको कोटामा राजदूत नियुक्त भएका थिए। त्यस्तै कतारका लागि सिफारिस राजदूत नारद भारद्वाजको विगत झापा आन्दोलनसँग जोडिएको छ। उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एक दशकभन्दा बढी जेल जीवन समेत बिताएका थिए। उनी एक वर्ष अघि मात्र त्रिभुवन विश्वविद्यायबाट सह–प्राध्यापकबाट अवकाश प्राप्त भएका थिए। उनी पत्रकारिता क्षेत्रसँग पनि जोडिएका छन। जेलमा रहेका बेला भारद्वाजले अंग्रेजी शब्दकोश कन्ठ पारेको भन्ने चर्चा पनि उनी निकट मित्रहरुबीच हुने गर्छ। विगतदेखि नै कम्युनिस्ट विचारप्रति आस्था राख्ने उनी प्रधानमन्त्री ओलीकै रिफारिसमा परेका हुन् सरकारले जेठ २३ गते अस्ट्रेलियाको राजदूतका लागि प्रस्तावित महेश दाहाल, कतारका लागि प्रस्तावित राजदूत नारद भारद्वाज, स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पा र बङ्गलादेशका लागि प्रस्तावित राजदूत डा. वंशीधर मिश्रकोलाइ सिफारिस गरेकाे थियाे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार