“रिज बिओण्ड प्रिभेन्शन” ले लागु पदार्थ दुर्ब्यासनी विरुद्ध सेमिनरको आयोजना गर्यो

  टोपबहादुर याक्खा

७ जुलाई, हङकङ– ‘लागु पदार्थ दुर्व्यासन नगरौं, अकालमा मृत्युबाट बचौं’ भन्ने नाराका साथ विभिन्न क्रियाकलापहरुका साथ ‘रिज बिओण्ड प्रिभेन्शन’ द्धारा लागु पदार्थ दुर्ब्यासनी विरुद्धको सेमिनर सम्पन्न गर्यो ।
‘इन्टरनेशनल डे अगेन्स्ट ड्रग अबुस’ को अवसरमा आयोजित उक्त सेमिनरको प्रमुख अतिथिका रुपमा प्रेफेसर सुमी मारिया तामले बोलेकी थिइन भने कार्यक्रमको मुख्य आकर्षकका रुपमा रहेका मेमोरी किङको उपनामले समेत चिनिने अर्पण शर्माले कुलतबाट कसरी बच्ने र आफ्नो दिमागलाई कसरी सम्झन सक्ने बनाउँन सकिन्छ भन्ने बारेमा विविध उपायहरु बताएका थिए ।
‘रिज बिओण्ड प्रिभेन्शन’ परियोजना प्रमुख एवं शितोरियो कराते डो गोर्खा कम्युनिटी हङकङका अध्यक्ष हेम पुन मगर, हिन्सका अध्यक्ष सिताराम ढुङ्गाना, एन.आर.एन.ए.का अध्यक्ष टिका गरुङ, डा. श्रद्धा खड्का, काजी बस्नेत लगायतले ‘रिज बिओण्ड प्रिभेन्शन’ ले दुव्र्यसनी विरुद्ध खेलेको भूमिका माथि प्रशंसा गर्दै सम्पूर्ण अविभावकहरुलाई आफ्ना सन्तानहरु प्रति सदैव सजक रहन आग्रह सहितको मन्तब्य राखेका थिए ।
‘रिज बिओण्ड प्रिभेन्शन’ को परियोजनामा विशेष योगदान दिने मधु कुमार राई, महेन्द्र कुमार लिङदेन, करुण श्रेष्ठ, डा.श्रद्धा खड्का लगायतलाई ताम्रपत्र सहित सम्मान समेत गरिएको उक्त कार्यक्रममा शितोरियो कराते डो गोर्खा कम्युनिटी हङकङका प्रशिक्षार्थीहरुले काता प्रदर्शन गरेका थिए । त्यस्तै गरी ग्यालेक्सी डान्स स्टुडियोका स–साना नानीहरुले आकर्षक नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए भने काजी बस्नेत लगायत सर्दा ब्वेजको व्याण्डले गीत समेत प्रस्तुत गरेका थिए ।
हङकङ सरकारद्धारा स्थापित “बिट ड्रग फण्ड” को आर्थिक सहयोग तथा शितोरियो कराते डो गोर्खा कम्युनिटी हङकङ र हङकङ एकिकृत नेपाली समाज (हिन्स) को संयुक्त पहलमा ल्याइएको उक्त परियोजनाले हङकङबासी नेपाली समुदायमा जटिल समस्याका रुपमा रहँदै आएको लागु पदार्थ दुब्र्यासनीका विरुद्ध विगत एक वर्षयता कार्य गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार