ग्रास आईल्यान्डमा बिताएको त्यो क्षण

  इन्द्र लोक्साम

लेखक – ईन्द्र लोक्सोम

महिनौ लामो कोरलिएको योजनाले अन्तत पुर्णाकार लियो। हङकङका फोटो पारखीहरुलाई एचके नेप्लीज फाटोग्राफर समुहमा

गोलबन्द गराएर पहिलो पटक आउटडोर क्यापिङ गर्ने सहमति बन्यो।गन्तब्य ग्रास अाइल्यान्डलाई रोजियो। एनएचएचडी स्टुडियो हङकङ लिमिटेडका प्रोपाईटर तथा परिकल्पनाकार देबमान लिम्बुको परियोजनालाई मधु कुमार राईको बन्दोबस्तीले थप सहज गराईदियो।

ताप मुन अर्थात ग्रास आईल्यान्ड, नाम सुन्दै आनन्द आउने, नआओस पनि कसरी? यो हङकङको धापिलो गर्मीमा गोरु जसरी जोतिनु छ। भिडभाडमा निसास्सिएर एक मुठि स्वच्छ हावा खान कहा पाईन्छ र यो हङकङमा? डिजिटल दुनियाबाट अनप्लग भएर प्राकृतिको सुन्दरतामा लहसिन मन ब्याग्र थियो।
२९ जुन २०१९ शनिबारका दिन जोर्डन बाट लगभग अपरान्ह ४ बजे हामी मधु राई, देवमान लिम्बू , किशोर चेम्जोङ ,
बिजय सुब्बा गोगो भ्यानमा अत्यावश्यक सामग्रीहरु लिएर रवाना भयौ।
चिल्ला र खुल्ला सडकमा भ्यानले गति लियो,त्यो भन्दा बढी गति मनको सडकमा रहर भ्यानले लिईरहेको थियो।द्रुत गतिमा दौडिएको भ्यानले उत्तरी साईकुङ को वोङ सेक पियरमा बिश्राम लियो। हामी त्यहा ओर्लियौ, जहा एक सानो स्पिड बोटले हामीलाई स्वागतार्थ उपस्थित थियो। हामी चढ्न साथ स्पिड बोट अथाह समुद्रको छाती चिर्दै अगाडी बढ्यो। समुद्रको छालमा हेलिनुको आनन्द बिछट्टै छ। हामीले करिब ५:३० बजे ग्रास अाइल्यान्ड टेक्न पुग्यौं।
आहा! नाम जस्तै सुन्दर ग्रास आईल्यान्ड! हरियो चौर। आफ्नै गाउघरको खर्क जस्तो। तल समुद्र, छालहरु उर्लि उर्लि हामीलाई नै जिस्काए जस्तो।
हामी पुग्नु अगावै केहि चिनियाहरुले टेन्ट गाडेर आफ्नो अधिपत्य जमाईसकेका रहेछन। यताउता केहिबेर टहलिए पछि किशोर चेम्जोङ , देव दाई, बिजय सुब्बा टेन्ट टाग्ने कार्यमा जुटे। मधु सर बिबिक्यु सामग्रीको जोहो गर्न खटिए।शान्त बाताबरणलाई चिनियाहरुको होहल्लाले बिथोल्न थाले पछि हामी पनि के कम, साउन्ड सिस्टममा नेपाली गीत घन्कायौ पराईभुमीमा। त्यो फ्युजनले बाताबरणलाई नै उत्तेजित बनाईरहेको थियो।
रात उतै गुजार्नु थियो। टेन्टले टागि सके पछि सन्तोषको सास फेर्यौ। थोरै भोक लागेको थियो सबैलाई। भोक सङ्ग सामुन्ने लड्न तयार थियो वाई वाई, भुजिया, बियर, वाईन, ह्विस्कीहरु।तल समुद्रको छालहरु छिल्लिरहेको थियो।बियर, वाईन, ह्विस्की लागे पछि त त्यहाको सिरेटोले अनुहारमा ठोक्किदा आफ्नै मायालुको हातले स्पर्श गरेको भान हुन्थ्यो। केहि साथीहरु तत्काल कविको रुप धारण गरिहाले।
पहिलो चरणको खानापान पछि बिबिक्यु तयारीमा जुटियो।उक्त स्थान बिबिक्यु स्पट नभएकोले उपयुक्त स्थान खोजी कार्यजारी भयो। उपयुक्त स्थानको निर्क्योल गरेपछी देव दाइले आगो झोसे। मासु पोल्नमा बिजय र किशोर जी माहिर देखिए। मासु सङ्गै ह्विस्कीको चुस्की लिन थालियो।मधु जीको डटफट तारिफयोग्य थियो। अब ह्विस्कीको नसाले चाप्दै लगे पछि हाम्रो हालत बिसे नगर्चीको जस्तै हुन लागेको थियो। टाउको खुट्टा तर्फ र खुट्टा टाउको तर्फ झै लाग्ने।
सोहि बेला मुख्यभुमीको भान हुने सुन्दरी चिनिया केटीहरुको एक समुह हामी कहा देखा परे। नेपाली हौ, मनको धनी त्यतिकै छौ। हामीले खाद्य र पेय पदार्थ दिएर अफर गर्यौ। आखिर मन र भावनालाई जातको माखे साङ्लो र भुगोलको पर्खाल कहा छेक्दो रहेछ र? बर्षौ पुरानो चिनारी जस्तै मिलेर खायौ। दिन ढल्किएर गोधुलीको घुम्टो ओढिसकेको थियो। सबैले भरपुर खायौ, चिनिया ठिटिहरु हामीलाई धन्यवाद दिदै आ आफ्नो टेन्ट तिर लागे। मनमनै भन्न मन लागेको थियो,
” ए चिनिया नानी,
यो नौलो माया
राख है मनैमा!!”
उनिहरु गए पछि एक किसिमको सन्नाटा छायो।हामी पनि आ अाफ्नो टेन्ट तिर लाग्यौ! उष्ण गर्मीले सुताइ भए पो, निद्रा देबिको काख कहा पाउनु यो बेला। कोठामा छदा १० नबज्दै आखाको परेलाले थपडी मारेर निद्रा निम्त्याउथ्यो। त्यहा बिल्कुल त्यसो भएन। फेरि लामखुट्टेहरुले कान मै आएर गीत गाउन थालेपछी अह मलाई फिटिक्कै निद्रा लागेन। तर नजिकैको टेन्टमा मधु जी को घुराईले निद्रा मेरो निद्रा भगाउन धुर कस्यो। उता किशोर जी र देवमान दाई भने फिरफिरे हाते पङ्खा चलाएर सुत्नु भो , बिजय जी बाहिर खगोलसास्त्री झै अाकाश तिर क्यामेरा फर्काएर जूनताराहरु कैद गर्नमा ब्यस्त हुनु भो।
केही छिन भुसुक्कै निदाएछु, पत्तै भएन।
बिहान हामी बिउझन पुर्ब हाम्रो टेन्टको पर्दा खोलेर घामको झुल्को चियाउन आईसकेछ। हातमुख धोए पछि बिजय जी ले कफि तयार पार्नु भो। कफिको सुरुप लिईसकेपछी सुन्दर स्थान र क्षणहरु कैद गर्न आ आफ्नो बिभिन्न साईजको लेन्सहरु तयारी तर्फ जुट्यौ।
भनिन्छ फोटोग्राफी भनेको जिवन सङ्ग प्रेम चक्करमा फस्नु हो, यहि चक्करमा परेर २ महिना भन्दा बढी तलब खर्च गरेर क्यामेरा खरिद गरियो। यस्तै बेला यसको भरपुर उपयोग गर्नुछ।
समुद्रलाई सिरानी बनाएर लमतन्न फैलिएको ग्रासल्यान्ड। सुन्दरताको कुनै खोट छैन। हामीले एक पछि अर्को कैद गर्न थाल्यौ। मेडलिङ फोटो सुट गर्ने कुरा चल्यो। हाम्रो समुहमा मधु राई जस्तो खाईलाग्दो अरु देखिएन। वहा मोडल बन्न राजी हुनु भो। बिभिन्न पोजमा फोटो खिच्यौ।
त्यसो त त्यहा जानको खास उद्देश्य पनि थियो। हङकङमा रहेका तिन दर्जन भन्दा बढी फोटोग्राफरहरुलाई एकत्रित गरि आफ्नो कला र अनुभव साटासाट गर्नु पनि थियो। यहि उद्देश्य लाई साकार पार्न लगभग बिहान ११:३० तिर सिनियर सर्टिफाईड फोटोग्राफर नेत्र थापा, ( जुनकिरी ),कुमार गुरुङ,नीर तुम्बापो टुप्लुक अाइ पुग्नु भयो। उहि आत्मियताका साथ चिया नास्ता सगै फोटोग्राफी सम्बन्धि कुराकानी भए,सबैले खिचेका फोटहरुको रिप्ले हेर्ने काम भयो। आफुमा भएका अनुभव र कला साटासाट गर्यौ।
तत पश्चात हङकङ नेप्लिज फोटोग्राफर क्लबको अावश्यकता बारे नेत्र थापा र मैले प्रस्तुत गर्यौ।
यही कुरालाई मध्यनजर गर्दै परिकल्पनाकार देव मान लिम्बूको यसको उद्देश्य बारे थप स्पस्ट पारे। फोटोग्राफरहरु बिच चिनजान गरि एक अापसमा अनुभव र कला आदानप्रदान गर्ने,ब्यबसायिक ढङ्गले अगाडी बढने, फोटो खिच्ने कला सिकाउने, फोटोग्राफी सम्बन्धि सेमिनार, तालिम दिने, बार्षिक फोटो महोत्सव आयोजना गर्ने आदि उद्देश्य रहेको कुरा प्रस्तुत गरे।
यस्तै कुराकानी हुदै गर्दा अपरान्ह २ बजे तिर धर्म भाई ठाउ पत्ता लगाउन कस्तो गाह्रो भन्ने गुनासो सहित आईपुगे।पुन तस्बिर खिच्ने क्रम चल्यो। म भने रात्रीकालिन डिउटी भएको हुदा फर्कने तयारीमा जुटे। अन्य साथीहरु पनि मेरै सिको गर्न लागे। म र धर्म भाई ३ बजे तिर स्पिड बोटमा फर्कियौ, बाकी साथीहरु ४ बजे फर्किएछन।
एक उद्देश्य बोकेर ग्रासल्यान्ड पुगेको हामी त्यहाको सुन्दरताले खुबै लोभिएछौ। हङकङ जस्तो भिडभाड, कोलाहल युक्त निस्सासिदो बाताबरणमा यस्ता प्राकृति सङ्गको सापिप्यताले थप उर्जा त दिन्छ नै, आफ्नै गाउघरको ताजा याद समेत दिलाउछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार