उपकुलपति आठ लाख घुससहित पक्राउ…….

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ लाख घुसहित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई पक्राउ गरेको छ ।राजधानीबाट खटिएको अख्तियारको टोलीले उपकुलपति निवासबाट बिहीबार रौनियारद्वयलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेपछि अख्तियारको टोली धरान पुगेको थियो । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु भएको छ । रौनियारद्वयले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिसन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले सेवाग्राहीसँग ८ लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार