अविरल वर्षाले कतै डुवान कतै सडक अवरुद्ध………

तीन दिनदेखीको लगातारको वर्षाले लच्कामा आएको बाढीका कारण यातायात अवरुद्ध भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित लच्कामा आएको बाढीले बिहान एउटा कार बगाएपछि यातायात अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिए । शुक्रबार बिहानै पुर्ब पश्चिम राजमार्गमा पर्ने लच्कामा आएको बाढीका कारण यातायातका साधन चल्न नसकेको कटुवालको भनाई छ । चन्द्रनिगाहपुर क्षेत्रका विभिन्न स्थान डुवानमा परेका कारण स्काभेटरका माध्यमबाट पानी खोल्ने काम भइरहेको छ । लाल बकैया नदिले रौतहटको बन्जरहाको बाधमा कटान गरेको छ । नदी कटानका कारण बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तिहरु डुबानमा परेका छन् । त्यस्तै बिहीबारदेखि परेको अविरल वर्षाका कारण रामेछापको मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको सेलेघाट र मसानटार सडक खन्डमा पहिरो गएको छ । गएराति गएको पहिरोको कारण रामेछापबाट काठमाडौं र तराईका विभिन्न जिल्लामा चल्ने यातायातका साधनहरू ठप्प भएका छन् । पानी परिरहेकाले पहिरो हटाउने काम हुन सकेको छैन । भारी वर्षाका कारण रामेछापबाट काठमाडौं हिँडेका यात्री बीच बाटोमा नै अलपत्र परेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार