हङकङ बाट नेपाल जाने बिदेशी पर्यटकको लागि भिषा शुल्क बृद्दि

  - बगैँचा सम्वाददाता

तस्बिर सौजन्य – किशोर चेम्जोङ

नेपाली महावाणिज्यदूत हङकङले नेपाल भ्रमण गर्ने बिदेशी पर्यटकहरुलाई लिदै आएको प्रवेशज्ञा शुल्कमा आगामी जुलाई १७, २०१९ बाट लागु हुने गरि अभिबृद्दी गरेको छ। नेपाल पर्यटन बर्ष २०२० नजिकिदै गर्दा उक्त शुल्क बृद्दी गरिएको छ। नया लागू हुने १५, ३० र ९० दिने एकाधिक(मल्टिपल) प्रवेशज्ञाको शुल्क क्रमशः हङकङ डलर २५०, ४०० र १००० तोकिएको छ। यो भन्दा अगाडी उक्त शुल्कहरु २००,३२० र ८०० रहेको थियो।
“नेपाल पर्यटन बर्ष २०२० नजिकिदै गर्दा सरकारले पर्यटकहरुलाई आकर्षक प्याकेज दिनुको सट्टा उल्टै भिषा शुल्क बृद्दी गरिएको छ, यसले गलत सन्देश जादैन”? भनी बगैचा डटकमले वाणिज्यदूत किरण गुरुङलाई प्रश्न गर्दा  उनले भने “यो हाम्रो तजबिजले बढाएको हैन, मन्त्री परिषदको निर्णय अनुरुप आएको सर्कुलर अनुसार हामीले स्थानिय डलरको सटही दर अनुसार भिषा शुल्क तोकेका हौ। जहा सम्म यहा बाट नेपाल जाने पर्यटकहरु छन, उनिहरु उच्च आय भएको हुदा थोरै वृद्धिले खासै प्रभाव पर्दैन।” उनले कार्यलय समयमा दैनिक १५-२० जना प्रबेशाज्ञाको लागी निबेदन दिनेहरु आउने गरेको बताए।
भिजिट नेपाल २०२० लाई सफल पार्न नेपाली महावाणिज्यदूत हङकङले बिभिन्न कार्यक्रम गर्दै आएको महावाणिज्यदूत कमल प्रसाद भट्टराईले बताएका छन। नेपाली फिल्मी कलाकार र ज्याकी चेन जस्ता हङकङमा कलाकारहरु बिच कार्यक्रम गरेर पर्यटन प्रवर्द्धन गर्ने प्रारम्भिक कुराकानी भै रहेको तथा यो बर्षको अन्ततिर नेपालका पर्यटन मन्त्रीलाई हङकङ बोलाएर कार्यक्रम गर्ने सोच समेत रहेको भट्टराईले बताएका छन।
नेपालमा हरेक बर्ष १० लाख बिदेशी पर्यटकहरु नेपाल भ्रमण गर्ने गरेको छ भने भिजिट नेपाल २०२० मा २० लाख पर्यटन भित्राउने सरकारको लक्ष्य रहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार