मृतक परिवारलाई तीन लाख दिने निर्णय……….

जनकपुर– प्रदेश २ को सरकारले बाढीमा परी ज्यान गुमाउने मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप तीन लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। शनिबार मुख्यमन्त्री निवास, मधेश भवनमा बसेको मन्त्रिपरिषद्को आपत्कालिन बैठकले उक्त निर्णय गरेको हो। तीन दिनदेखि भइरहेको अविरल वर्षाको कारण प्रदेश २ का जिल्लाहरुमा कटान, डुबानसंगै मानवीय क्षति हुन थालेपछि राहत स्वरुप उक्त निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए। बैठकले बाढीमा फसेका तथा जोखिममा परेका सर्वसाधारणको उद्धारका लागि सबै निकायका सुरक्षाकर्मीलाई परिचालन गर्न संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ। यसैबीच समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गर्दै बाढीको कारण ज्यान जोखिममा परेकाहरुलाई उद्धारका लागि मातहतका सबै नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेका छन्। समाजवादी पार्टीका प्रदेश २ अध्यक्ष विजयकुमार यादव तथा राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झाले विज्ञप्ती जारी गरी पीडितलाई धैर्यधारणगरी सजगता अपनाउन तथा पार्टी कार्यकर्तालाई सहयोग, उद्धार तथा राहत कार्यमा जुट्न आह्वान गरेका हुन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार