सरकारले थाल्यो विप्लव समूहसँग वार्ता……….

पाल्पा– सरकारले विप्लव समूहको पार्टीमाथि प्रतिबन्ध लगाएको चार महिनापछि औपचारिकरूपमै वार्ता सुरु गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक यसै हप्ताको आइतबार औपचारिक छलफल भएको हो । विप्लव राजनीतिको मूलधारमा आउनुको विकल्प नभएकाले वार्तामा बसेको वार्ता टोलीले बताएको छ। सरकार र प्रतिबन्धित पार्टीबीचको छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ । सरकारी टोलीको प्रतिनिधित्व गरेका तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले प्रारम्भिक चरणकै छलफल निकै सकारात्मक बनेको बताए। मंगलबार पाल्पामा भेटिएका पाण्डेले आफूहरू औपचारिकरूपमै बृहत्तर छलफलमा जुटेको बताए। उनी भन्छन्, ‘धेरै पटक हामीले अनौपचारिकरूपमा भेट्ने वातावरण मिलाएर औपचारिक वार्ता थालनी गरेका हौं। हाम्रो केही नेताहरूसँग छलफल भएको छ। सरकार वार्ताका लागि तयार भएको कुरा उहाँहरूसँग पु¥याएका छौं। राजनीतिक मागहरू, संसदीय व्यवस्था, वैज्ञानिक समाजवाद, समानुपातिक समावेशीलाई अझ सुदृढ गर्ने कुरा विप्लव समूहले उठाएको उनले बताए। छलफलमा विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए । उनको नाम गोप्य राखिएको छ । ‘यो प्रारम्भिक चरणकै छलफल हो, त्यसैले धेरै कुरा भन्न मिल्दैन,’ पाण्डेले भने, ‘तर छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको छ। पूर्वउद्योगमन्त्रीसमेत रहेका पाण्डेले विप्लव नेतृत्वका उच्चस्तरका व्यक्तिहरूसँग सम्पर्कमै रहेको बताए। ‘हामीसँग छलफलका विषयहरू सुरुदेखिनै भइरहेको छ,’ उनले भने, ‘नेपाली जनताले द्वन्द्व चाहँदैनन्। अब शान्ति आवश्यक छ। उहाँहरू पनि एउटा राजनीतिक पार्टी हो, अब उहाँहरूले विश्लेषण गरेर मूल राजनीतिमा वार्तामार्फत् आउनुहुनेछ भन्ने विश्वासमा छौं।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार