मलेसियामाथि नेपालको सहज जित……..

काठमाडौँ – सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको छ। मलेसियाले दिएकाे ८४ रनको लक्ष्य नेपालले तीन विकेट गुमाएर पुरा गरेको हो। पहिलो खेलमा कतारसँग हार बेहोरेको नेपाललाई जितले ठूलो राहत मिलेको छ। नेपालकाे जितमा ज्ञानेन्द्र मल्लले शानदार अर्धशतक बनाएका छन्। टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि कीर्तिमानी अर्धशतक प्रहार गरेका छन्। उनले टी २० आईमा नेपालबाट छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन्। उनले २१ बलमा ५१ रन जोडे। त्यसक्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरे। ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ ओभरको खेलमा ७ विकेट गुमाउदै ८३ रन बनाएको थियो। मलेसियाका लागि सएद अजिजले सबैभन्दा बढी ३० रन जोडे। उनले १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। विरनदिप सिंहले १६ बलमा २१ रन जोडे। बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए। मलेसियाका दुवै ओपनरलाई आउट गरेका सोमपालले २ ओभरमा २३ रन दिए। १ ओभर बलिङ गरेका बसन्त रेग्मीले २ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले १/१ विकेट हात पारे। वर्षाले प्रभावित बनेको खेल ९ ओभरमा झारिएको हो। नेपालले शनिबार कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आइतबार अन्तिम खेलमा आयोजक सिंगापुरको सामना गर्नेछ। यी दुवै खेल जिते नेपाल विश्व छनोटमा पुग्नेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार