हङकङमा ताईफून वाइफा, दुई बजे सम्म सिग्नल नम्बर ८ हुने

हङकङ मौसम बिभाग पुर्बानुमान साखाले मङ्गलबार रातको ९:१८ मा सिग्नल नम्बर ३ जारी गरे पछि यो बर्ष कै पहिलो सामुद्रीक आधी ताइफून “वाईफा” सिग्नल नम्बर ८ आज बुधबार अपराह्न २ बजे भित्र जारि गर्ने बताएको छ। बिभाग अनुसार बुधबार बिहान १० बजे उक्त सामुद्रीक आधि “वाईफा” हङकङबाट ३८० किलोमीटर दक्षिण ग्वान्डोङको तटिय क्षेत्र बाट बहदै अपराह्न सम्म हङकङ नजिक हुनेछ। त्यसको प्रभावले स्थानिय हावाको झोक्का शक्तिशाली भै मौसम बिभागले सिग्नल नम्बर ८ जारी गर्ने बताएको छ।
उक्त ताईफूनका कारण बुधबार मेघ गर्जनका साथ भारी वर्षा समेत हुने अनुमान गरिएको छ। समुद्रको सतह बढ्ने, साथै होचो भागमा बाढी आउने समेत आउने चेतावनी दिएको छ। बिभागले सर्बसाधारणलाई थप सतर्कता अपनाउन, घरको झ्याल ढोका राम्ररी बन्द गर्न, समुद्रको छेउ नजान, पानी सम्बन्धि कुनै गतिबिधी नगर्न आग्रह गरेको छ।
ताईफुन सिग्नल नम्बर ८ लाई शक्तिशाली मानिन्छ। उक्त समय स्कुल, कार्यालय,यातायात,पसल लगायत बन्द गरिन्छ। सिग्नल नम्बर ९ र १० लाई बिनाशकारी मानिन्छ। सन २०१८ सेप्टेम्बरमा आएको सिग्नल नम्बर १० ताईफून माङ्खुटले हङकङमा अरबौ डलर बराबरको क्षति पुर्याएको थियो।
यो बर्ष ७ वटा सम्म ताईफून आउने मौसम तथा जलवायु बिज्ञान बिभागले बताएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार