ब्याडमिन्टनको उपाधी हेमराज र राजनको कब्जामा

  - बगैँचा सम्वाददाता

समूह “क” र “ख” का फाईनलिस्टहरु

हङकङ नेप्लिज ब्याडमिन्टन एसोसिएसनले आयोजना गरेको पाँचौ हडकड नेपाली खुल्ला ब्याडमिन्टन प्रतियोगीताको प्रमुख उपाधी समूह “क” तर्फ हेमराज राई र राजन काउचाको जोडिले जितेका छन। आईतवार जोर्डनको कुन चुङ स्पोर्ट्स हलमा सम्पन्न प्रतियोगितामा उक्त जोडिले फाईनल खेलमा बिरेन थापा र नन्द चाड्सुको जोडिलाई पराजित गरेका थिए। उपाधि सङ्ग बिजेता जोडिले ५ हजार हङकङ डलर र उपबिजेताले २५ सय हङकङ डलर प्राप्त गरेका छन।

पुरस्कार प्रदान गर्दै सस्थाका अध्यक्ष “हेमराज राई”

त्यसै गरि समूह “ख” तर्फ गणेश राई र राज कुमार राईको जोडीले ईन्द्रहाड राई र किरण राईको जोडिलाई पराजित गरेका थिए। बिजेता र उपबिजेताले क्रमशः हङकङ डलर ५ हजार र २५ सय प्राप्त गरेका छन।
पुरुष युगल बेस्ट अफ थ्री नक आउट फर्म्याटमा खेलाईएको उक्त प्रतियोगितामा समूह क तर्फ ११ तथा ख तर्फ १४ टिमको सहभागिता रहेको थियो।
आपसी भाईचारा सुमधुर सम्बन्ध र सहअस्तीत्व क़ायम गर्दै स्वस्थ, सबल र अनुशासित बन्न बार्षिक रूपमा खेल खेलाउदै आएको एसोसिएसनका अध्यक्ष हेमराज राईले बताए। हङकङमा महिला पुरुष गरि १५० को हाराहारीमा नेपाली ब्याडमिन्टन खेलाडी रहेको राईको भनाई छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार