चलचित्र ‘घरजम’ हङकङबाट प्रदर्शन हुदैं

  टोपबहादुर याक्खा

१२ अगष्ट, हङकङ– हङकङबासी चलचित्र तथा म्युजिक भिडियो निर्देशक मौसम लिम्बु ‘फुलन्देको बाउ’ द्धारा निर्देशित नेपाली कथानक चलचित्र ‘घरजम’ को प्रदर्शन हङकङबाटै शुरु हुने भएको छ ।
सोमबार साझ रोमियो फिल्मस परिवार हङकङद्धारा जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्ट एण्ड बारको हलमा चलचित्रको टिजर प्रनर्शन संगै जानकारी सभाको आयोजना गर्दै उक्त चलचित्रको ग्राण्ड प्रिमियर शो १५ सेप्टेम्बर २०१९, आइतबार साँझ ७:३० बजेदेखि हुङहोमस्थित वाम्फो सिनेमा थिएटरमा प्रदर्शन गरिने बताएको हो ।
हङकङबासी किशोर कुमार लिम्बु र सिता कुमारी तुम्बापोद्धारा निर्मित उक्त चलचित्रको पटकथा उपेन्द्र सुब्बाले लेखेका छन् । मिस हङकङ नेपाल २०१७ सुष्मा लिम्बु, मोडल हेमराज आङछम्बो, कुशल थलङ लिम्बु, सृजना सुब्बा, यासेली योङहाङ, बुद्धि तामाङ ‘हैट’, किशोर कुमार लिम्बु, सिता कुमारी तुम्बापो लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको चलचित्रलाई युवराज राईले छायाङकन गरेका हुन् ।
९८ प्रतिशत छायाङ्कन पूर्वी पहाडी जिल्ला पाँचथरको विभिन्न रमणीयस्थलहरुमा गरिएको बताउँदै निर्देशक मौसम लिम्बुले भने ‘नेपालका चल्तिका चलचित्रकर्मी भन्नेहरु लाखौं करोडौं खर्चेर विदेशका दृश्यहरु खिचिरहेको अवस्थामा हामी विदेशमा रहेर पनि आफ्नो गाउँ ठाउँको माटोलाई प्राथमिकता दिई रहेका छौं ।’ घरजम केबल च्यारेटी शोहरुमा मात्रै सिमित हुन्छकी बक्स अफिस मार्फत नेपाली चलचित्रको बजारमा प्रतिस्पर्धा गर्न पनि सक्षम छ ? पत्रकारहरुको जिज्ञासालाई प्रष्ट पार्दै घरजम हङकङ, यु.के., सिंगापुर, मलेशिया लगायत देश विदेशमा रहेका नेपाली चलचित्रप्रेमीहरु माझ विशेष प्रदर्शनसंगै नेपालमा समेत बक्स अफिस मार्फत ठूला हलहरुमा अन्य चलचित्रहरुसंग प्रतिस्पर्धात्मक रुपमा प्रदर्शनमा उतारिने र घरजम त्यसका लागि सक्षम रहेका उनले बताए ।
लगानीकर्ता हङकङको, निर्देशक हङकङको र कलाकारहरु हङकङको, समग्रमा भन्नु पर्दा घरजम हङकङको कमाई, सिप र कलाहरुको समिश्रण हो । त्यसैले पनि हामी घरजमको प्रदर्शन हङकङबाटै गर्ने सोचमा पुग्यौं, हलसम्म आएर हाम्रा राम्रा र नराम्रा पक्षहरु औलाईदिन हङकङबासी दर्शकहरुलाई अनुरोध गर्दछौं, निर्देशक मौसमले भने ।
केहि पहिले दर्शकहरु माझ आफ्नो माटो प्रति समर्पित थातथलो चलचित्र लिएर आएका किशोर कुमार र सिताले घरजमका लागि एक करोढ बढि लगानी गरेको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार