नेकपा सचेतक ढकालको घरमा बम प्रहार……..

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का प्रमुख सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ। रुपन्देही सैनामैना ७ रामापुरमा मा रहेको ढकालको घरमा शुक्रबार बिहान साढे २ बजेतिर पेट्रोल बम प्रहार भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराइले जानकारी दिए। बम प्रहारबाट ढकालको घरमा सामान्य क्षति भएको छ भने उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारको पछाडि क्षति भएको डिएसपी भट्टराईले जानकारी दिए। डीएसपी भट्टराईलेले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। विस्फोटको समयमा ढकालका बाबा–आमा र पत्नी घरमा सुतिरहेका थिए। सचेतक ढकाल भने बिरामी भएर काठमाडौंको अस्पतालमा उपचार गराइरहेका छन्। विप्लव समूहले बम बिस्फोट गराएको हुनसक्ने स्थानीयले आशंका गरेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार