स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल……..

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ३३ वटै विभाग टुंगो लगाएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन्। शुक्रबार बसेको नेकपा सचिवालयको बैठकले पोख्रेललाई स्कुल विभागको जिम्मेवारी दिएको हो। स्कुल विभागमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलले दाबी गर्दै आएका थिए। त्यस्तै भीम रावल, घनश्याम भुसाल, वेदुराम भुसाल, राम कार्कीलगायतले पनि स्कुल विभागको नेतृत्व दाबी गर्दै आएका थिए। तर, पछिल्लो समय पूर्वमाओवादीले स्कुल विभागलाई नै प्रतिष्ठाको विषय नबनाउने भन्दै लचिलो बनेको थियाे। आजको सचिवालय बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई दिएको छ। त्यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, प्रचारमा नारायणकाजी श्रेष्ठ, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल र अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले नेता वामदेव गौतमलाई नेकपाको उपाध्यक्षमा प्रस्तावित गरेको स्रोतले जनाएको छ। पार्टी विधानमा उपाध्यक्षको व्यवस्था नभएपनि गौतमलाई ओलीकै इच्छामा उपाध्यक्ष प्रस्ताव गरिएको हो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार