खनाललाई तेस्रो वरियता, नेपाल पछि परे………….

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं नेता झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहालपछि तेस्रो वरियतामा झलनाथ खनाललाई राख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यसअघि पार्टीको तेस्रो वरियतामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल थिए। अब उनी पार्टी वयिरतामा चौथो नम्बरमा पुगेका छन्। पछिल्लो समय नेकपाको वरियतामा खनालले आफूलाई तल पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए। प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय सचिवालयले सांगठिनक एकीकरण तथा कार्यविभाजनका विषयमा थप निर्णय लिएको छ। बैठकले उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणि पोखरेल, सहइन्चार्ज भानुभक्त ढकाल, अरुण नेपाल, अध्यक्षमा राजन भट्टराई र सचिवको जिम्मेवारी लेखनाथ न्यौपानेलाई दिएको छ। त्यस्तै, युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा इन्चार्ज माधव ढुंगेल, सहइन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल, सचिव सुनीता बराल तोकिएका छन्। मजदुर विशेष जिल्ला कमिटीमा इन्चार्ज मीना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिम्खडा, सचिव नरनाथ लुइँटेल तोकिएका छन्। पेशागत जिल्ला कमिटीमा इन्चार्ज केशवप्रसाद नेपाल, सहइन्चार्ज प्रेमल खनाल, अध्यक्ष प्रेम पराजुली, सचिवमा कृष्णराज केसीले जिम्मेवारी पाएका छन्। उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीमा इन्चार्ज पार्वत गुरुङ, सहइन्चार्ज शशी श्रेष्ठ, अध्यक्ष (नाम सार्वजनिक नगरिएको), सचिवमा चन्द्र रिजाल चयन भएका छन्। केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा, सहइन्चार्ज डिलाराम आचार्य, विजय गुरुङ, झक्कु सुवेदी, अध्यक्ष प्रल्हाद बुढाथोकी, सचिव नरेन्द्र श्रेष्ठ तोकिएका छन्। बैठकले प्रदेश सम्पर्क कमिटीमा समेत कार्यविभाजन गरेको छ। प्रदेश नम्बर एकको सम्पर्क कमिटीमा इन्चार्ज किशोर अधिकारी, सहइन्चार्ज हेमकुमार राई, अध्यक्ष इन्द्र भण्डारी, सचिव धुव्रकुमार आङदम्बे तोकिएका छन्। प्रदेश नम्बर २ मा इन्चार्ज अच्युत मैनाली, सहइन्चार्ज भरत शाह, अध्यक्ष सुनीता यादव, सचिव विल्टु यादव तोकिएका छन्। प्रदेश नम्बर ३ मा इन्चार्ज गणेश पहाडी, सह इन्चार्ज युवराज दुलाल, अध्यक्ष कमला दुङ र सचिव श्याम बस्नेत तोकिएका छन्। गण्डकी सम्पर्क कमिटीको इन्चार्जमा दिलु पन्त, सह इन्चार्ज चुडामणी खड्का, अध्यक्ष तारा कुमाल र सचिवमा विष्णु सिग्देलले जिम्मेवारी पाएका छन्। प्रदेश नम्बर ५ सम्पर्क कमिटीमा इन्चार्ज मानबहादुर बुढा, सहइन्चार्ज गौराप्रसाद कोइराला, अध्यक्ष थानेश्वर बस्याल र सचिव सुनीता रोकाया तोकिएका छन्। कर्णाली प्रदेश सम्पर्क कमिटीमा इन्चार्ज झकबहादुर मल्ल, सहइन्चार्ज गोविन्दविक्रम शाह, अध्यक्ष पूर्णबहादुर मल्ल र सचिव चित्रबहादुर घर्तीमगर तोकिएका छन्। सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीमा इन्चार्ज गौरीशंकर चौधरी, सहइन्चार्ज महेश्वर पाठक, अध्यक्ष शिव ठकुल्ला र सचिव हेमन्त जोशी तोकिएका छन्। बैठकले जनवर्गीय संगठनको पनि इन्चार्ज र सहइन्चार्ज तोकेको प्रवक्ता श्रेष्ठले बताए। उनका अनुसार ट्रेड युनियन महासंघको इन्चार्जमा जयपुरी घर्ती, सहइन्चार्जमा विनोद श्रेष्ठले जिम्मेवारी पाएका छन्। अखिल नेपाल किसान महासंघमा इन्चार्ज वामदेव गौतम, सहइन्चार्ज सुनिल मानन्धर, अध्यक्ष हरि पराजुली तोकिएका छन्। अखिल नेपाल महिला संघको इन्चार्जमा गोमा देवकोटा, सहइन्चार्जमा कमला रोका, राष्ट्रिय युवा संघ नेपालको इन्चार्जमा महेश बस्नेत, सहइन्चार्जमा रामप्रसाद सापकोटा दिपशिखा’ले जिम्मेवारी पाएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल तोकिएका छन्। बुद्धिजिवी संगठनको इन्चार्ज अग्नी प्रसाद सापकोटा, सहइन्चार्ज टंक कार्की तोकिएका छन्। पेशागत महासंघ नेपालको इन्चार्जमा पम्फा भुसाल, सहइन्चार्जमा विश्वनाथ प्याकुरेलले जिम्मेवारी पाएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार