याक्थुङ चम्लुङ ३१औं वर्षमा

 

लिम्वु समुदायको आधिकारिक संस्था किरात याक्थुङ चुम्लुङ ३१औं वर्षमा प्रवेश गरेको छ । चुम्लुङले लिम्वु भाषामा वनेको फिल्म, डकुमेन्ट्री, पुस्तकहरु, चित्रकला, लिम्वु संग्रहालयको प्रदर्शनीसहित भव्यताकासाथ भाद्र १६ र १७ गते चुम्लुङ दिवस मनाएको हो ।

समृद्ध लिम्वु संस्कृतिलाई अझ सुसंस्कृत सभ्य बनाउन र हक अधिकारको संरक्षणमा चुम्लङले खेलेको भूमिका अतुलनीय भएको संघीय संसदका उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले मूल समारोहको उद्घाटनका अवसरमा बताउनुभयो । लिम्वु समुदायको पहिचानको विम्वको रुपमा प्रदर्शनीहरु राखिएकोमा उहााले खुशी व्यक्त गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति आयमेली कवि वैरागी काइलाले चुम्लुङले लिम्वुहरुको विचमा एकता कायम गरेको र भाषा, संस्कृति लगायत राजनीतिक अधिकारको मुद्दाहरु उठान गर्न महत्वपूर्ण भूमिको खेलेको बताउनुभयो ।

पहिलो दिनको कार्यक्रममा पुस्तक, ढाका कपडाहरु र थरगत समुदायको चिकित्सा विज्ञान प्रतिष्ठान बीर अस्पतालकी रजिष्ट्रार प्रमिला देवान तेम्वेले उद्घाटन गर्नुभयो । यसैगरी नेपाल प्रहरीका डिआइजी राजीव सुब्बाले डकुमेन्ट्री र चित्रकला र फोटो प्रदर्शनीको उद्घाटन गंगालाल हृदयरोग केन्द्रका निमित्त निर्देशक डा. युवराज लिम्वुले गर्नुभएको थियो ।

चुम्लुङ आत्मनिर्भर बनाउने अभियान अन्तर्गत चुम्लुङ उत्कृष्ट सहयोगदाताहरु दिल वहादुर लावती, आशा नेम्वाङ, होमित लावती, डम्वर तेम्वे, छविलाल हाङस्रोङ र डा. देवमान लिम्वुले उपसभामुखबाट सम्मानपत्र प्राप्त गरेका छन् । मुन्धुमविद्, भाषाविद, गितकार, कलाकार तथा चुम्लुङका सचिव यासेली योङहाङको उपचारार्थ किरात याक्थुङ चुम्लुङ जापानबाट प्राप्त रु. पचास हजार उपसभामुखको वाहुलीबाट विरामी यासेलीलाई हस्तान्तरण भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार