ट्रैल रनिङमा टिम “नेपाल फाईनान्स” शिर्ष सातमा

  - बगैँचा सम्वाददाता

“टिम नेपाल फाईनान्स” फाईनान्सका डाईरेक्टरहरु बिच

हङकङमा सम्पन्न ट्रैल रन प्रतियोगितामा नेपालीहरुको स्वामित्वमा सन्चालित सफल तथा लोकपृय बित्तिय सस्था ” नेपाल फाईनान्स” को समूह “टिम नेपाल फाईनान्स” का धावक सन्तोष तामाङले १२ किलोमीटर तर्फ उमेर समुहमा सातौ स्थान हासिल गरेका छन। गत आईतवार सिङ मुन रिजर्भियर बाट शुरु भएको दौड तामाङले निर्धारित दुरि १:४६:५३ सेकेन्डमा पूरा गरि उमेर समुहमा सातौ स्थान हासिल गरेका हुन। तामाङ ट्रैल रनका किर्तिमानधारी भुतपुर्ब बिजेता पनि हुन। उनी लामो समयको विश्राम पछि दौडमा फर्केका हुन।

फाईनान्सका अध्यक्ष तथा सिईओ धिरज कुमार राई सङ्ग बगैँचा रेस्टुरेन्टमा टिम नेपाल फाईनान्स

टिम नेपाल फाईनान्सका तर्फ बाट प्रतियोगितामा फाईनान्सकै डाईरेक्टर तथा जेनेरल सेक्रेटरी मगेन्द्र राईको नेतृत्वमा ६ प्रतियोगिहरु सहभागी भएका थिए। तामाङ लगायत मगेन्द्र राई, डोम राना, ईन्द्र कुमार राना र माया गुरुङले १२ किलोमीटर तथा राम थापा मगरले २३.१ किलोमीटर तर्फ भाग लिएका थिए। सबै धावकहरुले उत्साहजनक प्रदर्शन गरेका थिए।प्रतियोगीहरुलाई उत्साह प्रदान गर्न नेपाल फाईनान्सका अध्यक्ष तथा सिईओ धिरज कुमार राई लगायत फाईनान्सका डाईरेक्टरहरु दौड स्थल पुगेका थिए।

गोर्खा ब्लड का टोलि

दौडमा “गोर्खा ब्लाड” टिमका दुई दर्जन तथा ब्यक्तिगत रुपमा केही नेपालीहरु समेत सहभागी थिए।

 

नुगो यामले राखे नेपालीको नाम

 

ट्रफी लिदै “नुगो याम”

ट्रैल रनका हङकङ निबासी एलिट रनर याम बहादुर लिम्बू (नुगो याम) ले २३.१ किलोमीटरको निर्धारित दुरि ३:०२:३८ सेकेन्डमा पूरा गरि उमेर समुहमा तेस्रो भएका हुन। उनलाई हङकङको प्रसिद्द ब्लु माउन्टेन स्पोर्ट्स ब्रान्डले प्रायोजन गर्दै आएको छ। उनि लामो दुरिको लागि स्पेसेलियस्ट मानिन्छ।

दौडको क्रममा एक धावक बेपत्ता

 

बेपत्ता भएका चिनियाँ धावक

दौडको शिलशिलामा ३२ बर्षिय प्रतियोगी युएन होङ क्वाक हराईरहेका छन। १.७ मिटर अग्ला उनी निर्धारित समयमा दौडको समापन स्थानमा नफर्किए पछि आयोजकले प्रहरीलाई खबर गरेको थियो। प्रहरी, दमकलकर्मी र नागरिक सहायता सेवा लगायत उद्धार टोली उनको खोजीमा जुटे पनि उनलाई फेला पार्न सकिएको छैन । उनका फोन, वालेट लगायतका सम्पुर्ण सामग्रीहरु आयोजक लाई राख्न जिम्मा दिएको हुदा निज सङ्ग सम्पर्क स्थापित गर्न नसकिएको उद्दारकर्मीहरुले बताएका छन।
कसैले केहि समाचार वा सूचना मिले खबर गरिदिन प्रहरीले अपिल गरेको छ।

दौड सङ्गै भिजिट नेपाल २०२० को प्रवर्द्धन

भिजिट नेपाल २०२० को प्रवर्द्धन गर्दै, साथमा नेपाली महावाणिज्यदूत कमल प्रसाद भट्टराईको साथमा नेपाली ट्रैल रनरहरु

झन्डै ४० राष्ट्रका ५०० भन्दा बढी धावक धाविकाहरुको सहभागीता रहेको उक्त दौडको शुरु र अन्त हुने स्थानमा भिजिट नेपाल २०२० को ब्यानर, नेपाली झन्डाहरुको डिस्प्ले तथा सामुहिक तस्बिर खिचाईएको थियो। नेपाली महावाणिज्यदूत कमल प्रसाद भट्टराई स्वयं कार्यक्रम स्थल पुगि प्रतियोगीहरुलाई हौसला प्रदान तथा बधाई दिएका थिए। महावाणिज्यदूत भट्टराईले खुशी ब्यक्त गर्दै भने” यस्तो ईभेन्टमा नेपालीहरुको सहभागी हुनु खुशीको कुरो हो, त्यस माथी ट्रफी थाप्नु सम्पुर्ण नेपालीहरुको गौरबको कुरा हो, यसै शिलशिलामा भिजिट नेपालको पनि प्रवर्द्धन गर्न पायौ, यो त हाम्रो लागि दुबै हातमा लड्डु हुनु जस्तै हो।”

केही समय यता हङकङमा नेपालीहरु ट्रैल रन प्रतीको आकर्षित हुदै गैरहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार