संयुक्त राष्ट्र संघमा पेन्सी हो ले हङकङका आन्दोलनकारीको भत्सर्ना गर्ने

  - बगैँचा सम्वाददाता

अर्बपति ” पेन्सी हो”

हङकङका क्यासिनो मुगल स्टान्लि हो कि छोरी पेन्सि हो र हङकङको सर्बाधिक ठूलो क्याटरिङ माक्सिम ग्रुपको सस्थापक जेम्स तक वु कि छोरी एन्नि वु ले यहि हप्ता जेनेभामा हुन गै रहेको ह्युमन राईट काउन्सिलको ४२ औ रेगुलर सेसनमा हङकङको आन्दोलनकारीहरुको भत्सर्ना गर्ने भएका छन। उनिहरुले हङकङ फेडेरेस्न अफ वुमन प्रमुखको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघको बैठकमा बोल्नु अघि हङकङमा आन्दोलन मच्चाईरहेको आन्दोलनकारीहरुले हङकङको कुल जनसंख्याको प्रतिनिधित्व नगर्ने बताएकी छिन। हो ले आन्दोलनकारीहरुलाई कानुन पालना गराउने संयन्त्र र नागरिकहरुको मानव अधिकार उल्लंघन गरिरहेको बताएकी छिन। हो ले भनिन ” हङकङका जनताहरु चीनको सार्वभौमिकताको सम्मान गर्दछन् किनकि तिनीहरू जातीय, सांस्कृतिक र सामाजिक रूपमा चिनियाँ हुन।”

हो ले मङ्गलबार जेनेभामा हुने संयुक्त राष्ट्र मानव अधिकार परिषदमा हङकङ सम्बोधन गर्दै सरकारको बचाव गर्नेछिन। हो ले हङकङ महिला संघको तर्फबाट हाल सम्मका घटनाहरूको “तथ्य-आधारित परिप्रेक्ष्य” प्रस्तुत गर्नेछिन। हो ले काउन्सिलमा लिखित बयान पेश गरेकि छिन। जसमा तिनले कट्टरपन्थी प्रदर्शनकारीहरूको एउटा सानो समूहको धारणाले सबै ७५ लाख हङकङ बासीको विचार प्रतिनिधित्व नगर्ने बताएकी छिन।

आन्दोलनकारीका योजनाबद्ध र गणितिय हिंसात्मक कार्यहरू सबै हङकङबासीहरुको लागि सह्य नहुने बताईन।तिनले थपिन ” प्रदर्शनकारीहरूले गलत सूचना फैलाए, अशान्ति मच्चाए, सार्वजनिक सम्पत्ति नष्ट गरे, प्रहरी र नागरिकलाई जानाजानी नोक्सान पुर्‍याए र प्रहरी माथी सामाजिक घृणा उत्पन्न गराउने दुस्कार्य गरे, सरकारको अख्तियारलाई कमजोर पार्ने अनेकौ तिकडम गर्दै सरकारको सामाजिक व्यवस्था कायम गर्ने योजनालाई तुषारापात गराउने गम्भीर चाल चले”।

हो ले अगाडि भनिन “कट्टरपन्थी प्रदर्शनकारीहरूले मानवअधिकारको नाममा हिंसात्मक गतिविधिहरू गरिरहेका छन। तर वास्तवमा उनीहरूले अरुको अभिव्यक्ति, सुरक्षा र अन्य नागरिकको जीवनयापनको आधारभूत मानव अधिकारको गम्भिर उल्लंघन गरिरहेका छन् जो यस समूहको पक्षमा छैनन् र तिनिहरुको विचार र कार्यनीतिमा सहमत छैनन।”
सरकारको बचाव गर्दै हो ले भनीन,”प्रमुख कार्यकारी क्यारी लामले स्थानीय २० बर्षे महिला पुुन हिउ-विङ र उनका परिवारलाई न्याय दिलाउने अभिप्रायले भगौडा कानून प्रस्ताव गरेकि हुन, जसलाई पून की १९ वर्षीय प्रेमी चान तोग-काईले गत वर्ष ताइवानमा हत्या गरेका थिए।”

लगभग तीन महिनाको अशान्ति पछि लामले बुधबार बिधेयक पुर्ण फिर्ता लिई सकेकि छिन।
“दुर्भाग्यवस, कट्टरपन्थी प्रदर्शनकारीहरूले राम्रो उद्देश्यले ल्याईएको बिधेयकलाई अपहरण गर्दै त्रास फैलाउन प्रयोग गरे” हो ले भनिन।

हो ले आन्दोलनकारीहरुलाई आरोप लाउदै भनिन “यी कट्टरपन्थी प्रदर्शनकारीहरूले विगत दुई महिनामा अश्रुग्यास र रबर बुलेटको प्रयोग गरेको बहाना बनाएर प्रदर्शनकारीहरूले प्रहरी क्रूरताको बारेमा अनेक थरि वक्तव्य जारी राखेका छन्,तर उक्त परिस्थितिको सिर्जना कस्ले कसरी गर्यो?”कुनै राजनीतिक र सामजिक आस्थाको आधारमा भेदभाव नगरी कानुन पालना गर्न गराउन अहोरात्र खट्ने प्रहरीको कर्तब्यनिष्ठताको सबैले धन्य मान्नु पर्दछ।

व्यापक हिंसा र सामाजिक व्यवस्था कायम राख्न, सम्पूर्ण जनताको सुरक्षाको लागि हिंसात्मक गतिविधि रोक्न सरकारले गरेको प्रयासलाई हङकङका जनताले साथ दिने हो ले बताईन।
हो यहि सेप्टेम्बर ९-२७ बिच जेनेभामा हुन गै रहेको ह्युमन राईट काउन्सिलको ४२ औ रेगुलर सेसनमा बोल्दैछिन।
हो हङकङकै दोस्रो धनाढ्य महिलामा सुचिकृत छिन। जसको सम्पत्ति ४.६ अर्ब अमेरिकी रहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार