फुलन्देको बाउको ‘घरजम’ को ग्राण्ड प्रिमियर शो भोली हङकङमा हुदै

  टोपबहादुर याक्खा

१४ सेप्टेम्बर, हङकङ– हङकङबासी चलचित्र तथा म्युजिक भिडियो निर्देशक मौसम लिम्बु ‘फुलन्देको बाउ’ द्धारा निर्देशित नेपाली कथानक चलचित्र ‘घरजम’ को ग्राण्ड प्रिमियर शो भोली १५ सेप्टेम्बर २०१९, आइतबार साँझ ७:३० बजेदेखि हुङहोमस्थित वाम्फो सिनेमा थिएटरमा हुदैछ ।
हङकङबासी चलचित्रकर्मीद्धय किशोर कुमार लिम्बु र सिता कुमारी तुम्बापोद्धारा निर्मित उक्त चलचित्रमा मिस हङकङ नेपाल २०१७ सुष्मा लिम्बु, मोडल हेमराज आङछम्बो, कुशल थलङ लिम्बु, सृजना सुब्बा, यासेली योङहाङ, बुद्धि तामाङ ‘हैट’, किशोर कुमार लिम्बु, सिता कुमारी तुम्बापो लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको छ । युवराज राईको छायाङकन रहेको उक्त चलचित्रको पटकथा चर्चित साहित्यकार उपेन्द्र सुब्बाले लेखेका हुन् ।
भोली आइतबार चलचित्रका प्रदर्शनका क्रममा सिनेमा हलमा चलचित्र निर्देशक मौसम लिम्बु ‘फुलन्देको बाउ’, चलचित्रकर्मी तथा निर्माताद्धय किशोर कुमार लिम्बु र सिता कुमारी तुम्बापोका साथै उक्त चलचित्रकी नायिका मिस हङकङ नेपाल २०१७ सुष्मा लिम्बु, मोडल हेमराज आङछम्बो लगायतका हङकङका आधा दर्जन कलाकारहरुको उपस्थिति रहने छ । लगानीकर्ता हङकङको, निर्देशक हङकङको र कलाकारहरु हङकङको, समग्रमा भन्नु पर्दा चलचित्र ‘घरजम’ हङकङको कमाई, सिप र कलाहरुको समिश्रण हो, त्यसैले पनि ‘घरजम’ को ग्राण्ड प्रिमियर शो हङकङबाटै गर्ने सोचमा पुगेको बताउँदै हलसम्म आएर ‘घरजम’ का राम्रा र नराम्रा पक्षहरु औलाईदिन हङकङबासी दर्शकहरुलाई निर्देशक मौसम लिम्बु ‘फुलन्देको बाउ’ अनुरोध गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार