ईतिहास, सस्कृती र आफ्नो बिरासत भुलेर बाटो बिराएका हङकङका आन्दोनकारीहरु

लेखक – किन्दर राई

नाफाको ब्यापार र साम्राज्यको लागि जे जस्तो सुकै हत्कण्डा पनि अपनाउन पछि नपर्ने बेलायतले षड्यन्त्रपुर्बक राइफलको बलले पराजीत गरि असमान सन्धि मार्फत साम्राज्यको रुपमा शासन गरेको हङकङ आज संसारकै सम्बृद्धशाली शहर मध्ये एक हुन पुगेकोछ । तर अचम्म त के छ भने धेरैले यो शहर यस्तो सम्बृद्धशाली हुनमा बेलायतको साम्रज्य भएको कारणले मात्र हो भन्ने गर्दछन् । पहिलो सवाल त बेलायतले यो स्थानमा साम्राज्य स्थापना गरेको कारणले मात्र संमृद्धिशाली भएको भन्नु ज्यादै हाँस्यस्पद र केटाकेटिपन हो । चीनले आफ्नै बलबुताले यस्तो समृद्दशाली शहर स्थापना गर्न सफल भएको छ। जसको उदाहरण सिमानाको शेनजेन शहरलाई हेरे पुग्छ । ५० वर्षको अवधिमा उजाड बगरको रुपमा रहेको शेनजेनलाई चीनले अहिले हङकङ भन्दा दोब्बर विशाल ब्यापारिक केन्द्र बनाइसकेकोछ । दाेश्राे कुरा समृद्दीको शहर भयो की भएन भन्ने भन्दा ठुलो सवाल त असमान, अपमान र हेपाहा बल जफ्ती तरिकाले अर्काको जमीन हडप्नु अनी साम्राज्य स्थापित गरेर त्यहाँका जातीहरुको भाषा धर्म र संस्कृती तहसनहस पार्नु ठुलो अपराध हो । यहाँको समृद्धिको तुलनामा उसले यहाँबाट के कती स्रोत, साधन र धनसम्पत्ती कुम्ल्यायो त्यसको हिसाव किताव गर्न त बाँकी नै छ ।

अमेरिकी झन्डा बोक्दै आन्दोलनकारीहरु

अहिले चिनीया कम्युनिष्ट पार्टिको नेतृत्वमा रहेको चिनीया सरकारको बिरुद्धमा संसारभरिका प्रो–डेमोक्र्याट्सहरु बलबुताले लागि परि रहेकाछन् । हङकङका युवापिडिंहरु धेरैजसोलाई आफ्नो इतिहाँस र पहिचानको कुनै सरोकार छैन । हामी हाम्रो प्रत्येक परिवारमा लाडप्यार र सुविधाले हुर्काएको नानीहरुलाई आफ्नो विगतको दुख र संघर्षका कथाहरु जती नै सुनाएपनि कान ठाडो नलगाए जस्तै, मोजमस्ती र सुविधाकोलागि मात्र बाबुआमासँग बार्गेनिङ गरे जस्तै देखिएकोछ आजको हङकङमा भई रहेको सुपुर्दगी बिधेयक आन्दोलन । सुपुर्दगी विधेयक एकदेश दुई प्रणाली मध्ये “दुई प्रणाली” को उल्लंघन हो भनेर जुन कोकोहोलो मच्याउँदै विध्वंश भै रहेको छ यो एउटा बहाना मात्र हो । पहिलो कुरा त सुपुदर्गी विधेयक आफैमा नराम्रो हुँदै होइन । संसारभरीका देशहरुबिच यो सन्धि कायम छ । दोश्रो, यो कथित आन्दोलन पश्चिमा देशको कथित प्रजातन्त्र र मानवअधिकारको आत्मारतीको उपज र चिनीया कम्युनिष्ट पार्टिको नेतृत्वमा चीन जसरी संबृद्धि र प्रभुत्वकासाथ अगाडि बढि रहेकोछ यसप्रतिको ईष्र्यामा जलि रहेको अमेरिका बेलायत लगायतको उक्साहटमा उचालिएको आलाकाँचा हुलहरु मात्र हुन । सरकार प्रति चित्त नबुझे हरेक नागरिकलाई सरकारको बिरोध गर्ने देखी सरकारको स्वरुप नै परिवर्तन गर्ने सम्मको अधिकार हुन्छ तर के बिदेशी झण्डा बोकेर नराम्रै लागेपनि आफ्नो देशको झण्डालाई जलाउँनु र फाल्नु एउटा सचेत राष्ट्रप्रेमीको लागि सुहाउँदो कुरा हो ? यसलाई पनि उसको अधिकारको कुरा नै मान्ने हो भने यो झण्डाको लागि अर्थात चिनीया सार्बभौमसत्तालाई स्थापना गर्न र जोगाउँन चिनियाहरुले जति संघर्ष गरेको थियो अबका आन्दोलनकारहिरुले त्यती नै ठुलो जोखिमीपुर्ण संघर्ष गर्नै पर्ने हुन्छ । के उनिहरु अब त्यसकोलागि पनी तयार भएको हो ? तर हालसम्मको आन्दोलन हेर्दा अर्काको घरको उक्साहट र प्रभावमा आफ्नो घरमा नचाहिँदो माग राख्दै आफ्नो आमाबाबु बिरुद्ध आफ्नै घर तोडफोड गरे झै लाग्दछ ।

रेल स्टेसन जलाउदै आन्दोलनकारीहरु

“एकदेश दुईप्रणाली” मध्ये “एकदेश”को मर्मलाई भुलेर चीनको सार्बभौमसत्तालाई चुनौती दिँदै चीनको पाँचतारे रातो झण्डालाई उखेलेर फाल्नु, देशको निशानाछाप (National Eblem) लाई कालो पोतेर मेट्न खोज्नु, संसदभवनमा तोडफोड गरेर अनाधिकारीक प्रवेश गर्नु, “हङकङ चीन हैन”, “हङकङलाई स्वतन्त्र बनाउ,” ट्रम्प हामी लाई बचाउ”, “हाम्रो युगको क्रान्ती” जस्ता नारा लगाउँनु र बेलायत र अमेरिकाको झण्डा बोकेर हिड्नुले के देखाउँछ भने आन्दोलनको आसय सुपुदर्गी विधेयक एउटा निहुँ मात्र हो । आन्दोलनको शुरुवातको मुल कडिको रुपमा रहेको सुपुदर्गी विधेयकलाई कार्यकारी प्रमुख क्यारी लामले पुर्ण रुपमा फिर्ता लिइ सकेको अवस्थामा पनि आन्दोलकारीहरुले आन्दोलनलाई निरन्तरता दिई रहनुले यही कुराको पुष्टी गर्दछ । दुई प्रणालीलाई चीनले दखल पुर्यायो भन्ने मिथ्या आरोपलाई बोकेर “एकदेश” प्रणालीलाई चुनौती दिँदै अगाडि बढि रहेको स्वस्फुर्त भनिएको आन्दोलनकारीहरुको सहभागी संख्या उल्लेख्य भएपनि तरिका भने केटाकेटिहरुले “वार गेम” खेले जस्तो लाग्दछ । राम्रो मनसायले ल्याईएको र हाल फिर्ता समेत लिईसकिएको सुपुदर्गी विधेयकको निहुँमा उक्सेको आन्दोलनको निकास कस्तो हुने हो भविष्यले बताउला नै ।

संसद भवन तोड्दै आन्दोलनकारीहरु

(अलीकती हामी नेपालीहरूकोबारेः इष्ट इण्डीया कम्पनीको नामले भारतमा त्यही बेलायतले शासन गरि रहेकोबेला नेपाललाई सानासाना कुरामा निहुँ झिकी युद्ध गरेर सन १८१६ मा सुगौलीमा भएको असमान सन्धि द्वारा नेपालको झण्डै तिनभागको एकभाग जमीन भारत(तत्कालीन इष्ट इण्डिया) मा बिलय गरायो । संयोग नै भन्नु वा बिडाम्वना, सधै त्यसैको घाउ बोकेर हिड्ने हामी नेपालीहरु पनी हाल उसको साम्रज्यको पहरेदार हुँदै यहाँ हङ्कङ् देखी बेलायतसम्म आवाशिय अधिकार पाएर आई पुग्दा उसले दिएको उपहार ठान्दै जयकार गर्दै आइ रहेकाछौ, गुलामीको परिभाषालाई जवरजस्त बंग्याएर अधिकार भन्दै।)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार