श्रीमान र सासुससुरा मिलेर छोरीलाई जलाएर मारे…….

??

कपिलवस्तु– कपिलवस्तुको बुद्धभुमी नगरपालिका ६ महुवाको बैरिहवाकी एक महिलाको सोमवार घरभित्रै जलेर मृत्यु भएको छ। माइती पक्षले जलाएर उनको हत्या गरिएको आरोप लगाएका छन्। २२ बर्षिया शीला नाउलाई उनकै श्रीमान जगदीश नाउ, ससुरा भिखी नाउ र सासु बासमतीले जलाएर मारेको मृतकका बुवा बिष्णु नाउले बताए। सोमवार राति ११ बजेतिर शीला आफ्नो कोठामा जलेर गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्। कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरका विष्णुले घाटी च्यापेर छोरीको हत्या गरेपछि तीनै जनाले मिलेर शरीरमा मट्टितेल छर्केर जलाएकोे आरोप लगाए। ‘छोरी र ज्वाइँबीच झगडा भइरहन्थ्यो, मलाई खबर पनि आउँथ्यो। तर त्यत्रो घटना हुँदा पनि मलाई कसैले जानकारी गराएन’, उनले भने। उता कोठाभित्र जलेर बेहोस अवस्थामा रहेकी शिलालाई ढोका फोरेर निकालिएको प्रहरीले जनाएको छ। उपचारका लागि तौलिहवा अस्पताल ल्याउनेक्रममा शिलाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। उनले घटना हत्या वा आत्महत्या अझै यकीन भइनसकेको बताए। ‘हामीले दुइटै पाटोलाई हरेर अनुसन्धान गरिरहका छौं’, उनले भने। शीलाको छाती र पेटको भाग जलेको छ। टाउको र हातमा केही भएको छैन। ५ बर्ष अघि शीलाको बिवाह भएको थियो। गत फागनुमा मात्र गौना गरेर जगदीशले शीलालाई आफ्नो घर लगेका थिए। बिष्णुका बैनी ज्वाइँ राजु नाउले शीला र जगदीशबीच यसअघि पटक पटक झैझगडा हुने गरेको बताए। राजुको शैलुन पसलमा जगदीशले काम गर्ने गर्थे। केही कुरा भए पनि आफूलाई जगदीशले भन्ने गरे पनि त्यसदिन भने केही जानकारी नगराएको उनले बताए। बिष्णुकै घरबाट करिब ११ बजेतिर घटनाबारे मोबाइलमा फोन आएकाले आफूले नै बिष्णुलाई घटनाबारे जानकारी गराएको उनले बताए। उनले पनि शीलाको हत्या गरिएको दाबी गरे। यता घटना आत्महत्या भएको भन्दै जगदीशले प्रहरीमा निबेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयमा बयानका क्रममा जगदीशले आफू त्यस दिन भात खाएर ९ बजेतिर पन्डीपुरमा नाँच हेर्न गएको बताए। उनले घरबाट सो घटनाबारे आफूलाई खबर आएको उनले बताए। उनले श्रीमती र आफूबीच कुनै झगडा नभएको र के कारणले घटना भएको थाहा नभएको बताए। घटनाबारे थाहा पाएपछि शीलाकी आमा गीता नाउ अर्धचेत बनेकी छिन्। उनी अहिले तौलिहवा अस्पतालमा छिन्। मृतककी दिदी प्रियाले आफ्नी बहिनीको श्रीमान र उनका सासु ससुराले जलाएर मारेको आरोप लगाइन्। उनका अनुसार शिलाका श्रीमान ससुराले मदिरा सेवन गर्ने गर्छन्। ‘मेरी बैनीलाई सासु ससुराले सधै अपशब्द बोल्ने गालीगलौच गर्ने गर्थे। तिनीहरुले नै मारेका हुन’, उनले आसु झार्दै भनिन्, ‘तिनीहरुलाई कडा कारबाही हुनुपर्छ। मृतकका बुवा बिष्णुले तीन जनाबिरुद्ध किटानी जाहेरी दिने बताए। मृतकको शव परीक्षणका लागि तौलिहवा अस्पताल ल्याइएको छ। प्रहरी उपरीक्षक दीप शम्सेर जबराले घटना हत्या वा आत्महत्या अझै भन्न नसकिने बताए। शवको परीक्षण र घटनाको अनुसन्धान पछि त्यसको यकिन हुने उनको भनाई छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार