लिम्वुवान अध्ययन केन्द्रको पुस्तकालय उद्घाटन

५ असोज काठमाडौ ।

लिम्वु र लिम्वुवान सम्वन्धी अध्ययन गर्न चाहने अध्येताहरु, शोधार्थी, विधार्थी र आम पाठकहरुको लागि काठमाडौंमा हिजो ४ असोज मा पुस्तकालय स्थापना भएको छ । किरात याक्थुङ चुम्लुङको भवन ललितपुरमा रहेको लिम्वुवान अध्ययन केन्द्रको कार्यालयमा विगत ३ वर्षको निरन्तर प्रयासपश्चात् पुस्तकालयको रुपमा उदघाटन भएको हो ।

ज्ञान आर्जन गर्ने, सिर्जना गर्ने, लिम्वु र लिम्वुवानको बारेमा बौद्धिक वहस पैरवी गर्न पुस्तकालय आधारशिला बन्नेछ, पुस्तकालयको उद्घाटन गर्दै नेपाली साहित्यका
आयमेली कवि तथा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाले खुशी व्यक्त गरे । काइलाले वलिहाङ तङ्नाम, येले सम्वतको बारेमा थप अध्ययन अनुसन्धान गर्नुपर्नेमा अध्ययन केन्द्रले योगदान दिनुपर्ने बताए । लिम्वु र लिम्बुवानका ऐतिहासिक दस्तावेजहरु लालमोहर, रुक्का र इस्तिहारहरुको संकलन, संरक्षणमा जोड दिनुपर्ने र लिम्वुवानको इतिहासको पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको पनि औल्याए ।

पुस्तकालयमा लिम्बु र लिम्बुवान सम्वन्धी इतिहास, कथा, कविता, लालमोहर, रुक्का र इस्तिहारहरुको समेत संकलन रहेको छ । पुस्तकालयलाई इलाईव्रेरी र डिजिटल लाईव्रेरीको रुपमा विकास गरी आधुनिक र समृद्ध लाईव्रेरी बनाउने अध्ययन केन्द्रले बताएको छ ।
अध्ययन केन्द्रका अध्यक्ष अर्जुन लिम्वुको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा
लाईव्रेरियन अरुण राई, कियाचु लिम्वु भाषा, साहित्य प्रतिष्ठानका अध्यक्ष येहाङ लावती, चुम्लुङ अध्यक्ष योगराज वनेमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
लिम्बु मुन्धुम सम्वन्धी अध्ययन अनुसन्धान गरी गहन योगदान दिएवापत मदन पुरस्कार गुठीले आयमेली कवि वैरागी कााईलालाई केही दिन अघिमात्र जगदम्वा श्री पुरस्कार प्रदान गरेकोमा अध्ययन केन्द्रले बधाई ज्ञापन  पत्र दिने समेत निर्णय गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार