हङकङमा घरेलु कामदारको तलब बढ्यो

  - बगैँचा सम्वाददाता

हङकङमा रहेका विदेशी घरेलु कामदारहरुको न्यूनतम ज्यालामा २.४ प्रतिशतले बृद्दी भएको छ। साबिक पाउदै गरेको ज्यालामा हङकङ डलर ११० बृद्दी भै मासिक कुल ४६३० पुगेको कुरा आज शुक्रबार सरकार घोषणा गरेको छ।
ज्याला सङ्गै खाना भत्ता पनि ४.३ प्रतिशतले बृद्दी भएर हङकङ डलर ४६ पुगेको छ भने मासिक १०७५ बाट ११२१ भन्दा कम नहुने गरि तोकिएको छ।
नया बृद्दी गरिएको ज्याला वा तलब करारमा कार्यरत सबैमा लागू हुनेछ भने नया सम्झौतामा काम शुरु गर्नेहरुलाई भने भोलीपल्टबाट लागू हुने बताईएको छ।

सरकारको प्रवक्ताका अनुसार सरकारले हङकङको निकट अवधिको आर्थिक दृष्टिकोणलाई ध्यानमा राखेर उक्त बृद्दी गरिएको हो,साथसाथै एकातिर रोजगारदाताहरूको लागि किफायती क्षमता र अर्कोतर्फ वैदेशिक घरेलु कामदारहरूको जीविकोपार्जनको लागी नया ज्याला समायोजन गरिएको हो।
हङकङमा ३ लाख ७० हजार भन्दा बढी बिदेशी घरेलु कामदारहरु कार्यरत छन। जुन हङकङको कुल जनसंख्याको ५% हो। जसमा ९८.५% महिलाहरु रहेका छन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार