संखुवासभा दिदीबहिनी समूह हङकङको अध्यक्षमा गौ माया घले

  टोपबहादुर याक्खा

२९ सेप्टेम्बर हङकङ–  संखुवासभा दिदी बहिनी समूह हङकङको तेस्रो अधिवेशनबाट गौ माया घले सर्वसम्मतबाट अध्यक्षमा चयन भएकी छिन् ।
आइतबार जोर्डनस्थित हङग्री आई रेष्टुरेण्टमा आयोजित अधिवेशनमा गौ माया गुरुङको नेतृत्वमा १३ सदस्सिय कार्य समिति चयन भएको हो । यसरी चयन भएका पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा गौ माया घले, उपाध्यक्षमा झुमा गुरुङ, सचिवमा सारदा राई, कोषाध्यक्षमा सुमित्रा घले र सदस्यहरुमाः सुर्य कुमारी राई, तुल माया गुरुङ, सजनी गुरुङ, सरस्वती गुरुङ, सुजु गुरुङ, जमुना गुरुङ, शोभा देवान, कुुमारी याक्खा र भिमा गुरुङ रहेका छन् ।
हङकङबासी संखुवासभाली दिदी बहिनीहरुको हक, हित र एकताका लागि २०१३ मा स्थापित संखुवासभा दिदी बहिनी समूह हङकङ संखुवासभा समाज हङकङको भातृ संगठनको रुपमा सक्रिय रहदै आएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार