दसैँका यात्रु बोकेको बस दुर्घटना……..

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेको काठमाडौंका लागि छुटेको बस दुर्घटनाका घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये १३ जनाको नेपाली सेनाको एमआई १७ र अर्को निजी कम्पनीको हेलिकप्टरले ६ जना घाइतेको उद्धार गरेको थियो। दुर्घटनामा ५० बढी घाइते छन्। बाँकीको मिनि ट्रकबाट पनि उद्धार गरिएको थियो। बस दुर्घटनाका घाइतेमध्ये ५३ जनाको धुलिखे अस्पतालमा उपचार भइरहेको छ। धुलिखेल अस्पतालमा घाइतेको चाप बढी भएपछि थप आउने घाइतेलाई शीर मेमोरियल अस्पताल बनेपामा पठाउन थालिएको छ। कतिपय गम्भीर घाइतेलाइ काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ। हेलिकप्टरले पाँचभन्दा बढी खेप लगाएर गम्भीर घाइतेलाई उपचारका लागि लगेको थियो। घाइतेमध्ये अधिकांशको टाउको र कम्मरमा चोट छ। घाइतेमध्ये ६७ जनाको सनाखत भएको छ। उक्त बस दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ। मृतक ११ मध्ये पाँच जनाको सनाखत भइसकेको छ। मृत्यु हुनेमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती ९ का हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका १० का रितेश आचार्य छन्। अन्य पाँच जनाको भने सनाखत भएको छैन। सीपाटारबाट काठमाडौं जाँदै गरेको हेलम्बु यातायातको बा२ ख २७१५ नम्बरको बस दुर्घटना भोडसीपामा शुक्रबार बिहान ९ बजेतिर दुर्घटना भएको थियो। बस भोटसिपास्थित तिखु मोडवाट करिव दुई सय मिटर तल खसेर हो।  श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार