नेपाल भूजडित देश हुनेछ……………

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्ने बताए। राष्ट्रपति सीको सम्मानमा आयोजित रात्रीभोजमा बोल्दै उनले नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुने समेत बताए। उनले केरुङ–काठमाडौं सुरुङ मार्गको अध्ययन गरिने समेत बताए। उनले आफ्नो सम्वोधनको क्रममा नमस्ते भन्दै उनले भने ‘मैले बोलेको त्यति राम्रो सुनिएन होला।’ उनले चीन र नेपालबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको बताए। राष्ट्रपति सीले नेपाल भ्रमण बर्ष २०२० मा चिनियाँ पर्यटकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने प्रतिवद्धता जनाए।   श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार