बालुवाटारकाे जग्गा किन्दा ठगियौं……….

काठमाडौं– मंगलबारदेखि काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको ९ औ विश्व सम्मेलनको तयारी पूरा भएको छ। संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ९ औ विश्व सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो। सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागीसमेत गरि २ हजार ५ सय बढीको सहभागीता रहने संघले जनाएको छ। सम्मेलनले संघको नयाँ नेतृत्व पनि चयन गर्दैछ। ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल विषयमा आधारित भएर हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने संघले जनाएको छ। यसैबीच संघले बालुवाटारस्थित भवन निर्माणका लागि खरिद गरिएको जग्गामा सर्वसाधरण नेपालीहरु जस्तै गैरआवासिय नेपालीहरु ठगिएको बताएको छ। पत्रकार सम्मेलनमा संघका महासचिव बद्री केसीले राज्य संयन्त्रलाई विश्वास गर्दा आफुहरु ठगिएको बताएका हुन्। विदेशमा बस्ने भएकाले नेपालका कानुनबारे धेरै जानकार नरहेको भन्दै उनले संघको आफ्नै भवन बनाउने उद्देश्यले सन् २०११ मा संघको भवन निर्माणका लागि जग्गा खरिद गरेको र सो क्रममा नेपाल सरकारले ५० लाख भन्दा बढी मिनाहा दिएको पनि जानकारी दिए। तर जग्गा खरिद गर्ने क्रममा आफुहरु ठगिएको गुनासो उनले गरे। उनले भने ‘जसरी सर्वसाधरण जनताहरु ठगिन्छन् त्यसैगरी आज नेपालमा गैरआवासीय नेपाली संघ ठगिएको कुरा यहाँहरुलाई भन्न चाहन्छु। राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन असोज २८ देखि ३० गतेसम्म चल्नेछ। सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरु समेट्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ।  श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार