क्यारी लामलाई हटाउने हल्ला निराधार भएको बिजिङको दाबि

  - बगैँचा सम्वाददाता

हङकङ कि प्रमुख कार्यकारी “क्यारी लाम”

अङ्ग्रेजी भाषाको दैनिक पत्रीका फाईनान्सिल टाइम्सले हङकङका प्रमुख कार्यकारी क्यारि लाम लाई आगामी मार्च महिनामा पद मुक्त गरि अन्य ब्यक्तीलाई नियुक्ति गर्ने कुरा निराधार भनी बेजिङले खन्डन गरेको छ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले हुआ चुनयिङले बुधबार बेजिङको एक प्रेस ब्रीफिङ मार्फत क्यारी लामको बारेमा फाइनान्सियल टाइम्सले गएको रिपोर्टलाई गलत मनसायको राजनीतिक अफवाह भनी खन्डन गरेको हो।

फाइनान्सियल टाइम्सले रिपोर्ट अनुसार राष्ट्रपति सी जिनपिंगले बर्तमान संकटको समाधान गरि अगाडि बढ्ने निर्णय गरे भने लामलाई हटाई तिनको स्थानमा नया प्रमुख कार्यकारीलाई नियुक्त गर्नेछन। उक्त सन २०२० को मार्च महिना सम्ममा गरिने कुरा उल्लेख गरेको छ। नवनियुक्त प्रमुख कार्यकारीले लामको बाकी कार्यकाल सम्हाल्ने छ। लामको पुर्ण कार्यकाल २०२२ मा समाप्त हुनेछ।

उनका उत्तराधिकारीहरूको रुपमा हङकङ मौद्रिक प्राधिकरणका पूर्व कार्यकारी नर्मन चान तक-लाम, र पूर्व मुख्य सचिव हेनरी ताङ यिङ येन को नाम उल्लेख गरिएको छ। हेनरी ताङ सन २०१२ को प्रमुख कार्यकारीको उम्मेदवारीको लागि चुनावी अभियान समेत जुटेका थिए। तर उनी आफ्नो आवाशिय भवनको केही भाग गैर कानुनी रुपमा निर्माण गरेको प्रकरणमा लोकप्रीयता गुमाउदा सि वाई ल्योङले प्रमुख कार्यकारीको पद हत्याएका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार