हङकङमा रेस्टुरेन्ट ब्याबसायीले ६० हजार डलर हात पार्ने

  - बगैँचा सम्वाददाता

बगैँचा रेस्टुरेन्टका कर्मचारीहरु

हङकङका रेस्टुरेन्ट संचालकहरुले ६० हजार हङकङ पाउने भएका छन।चीन-अमेरिका बिचको ब्यापारिक युद्द तथा हङकङमा चलिरहेको आन्दोलनका कारण व्यापार ब्याबसाय धरासयी हुँदै गएको अवस्थामा हङकङका सर्बाधिक धनाढ्य लि का सिङ ले आफ्नो फाउन्डेसन मार्फत राहत स्वरुप बीस करोड हङकङ डलर उपलब्ध गराउने भएका छन।उक्त रकमबाट प्रती रेस्टुरेन्टले ६० हजारको दरले हात पार्नेछन।गत अक्टोबर ४ मा लि ले साना तथा मझौला उद्योगहरुलाई १ अर्ब डलर प्रदान गर्ने घोषणा गरे पश्चात लि को दोस्रो प्याकेजको रुपमा गत मङ्गलबार सहयोग गर्ने घोषणा गरेका हुन। लि को प्याकेज मार्फत क्याटरिङ क्षेत्र(रेस्टुरेन्ट, बार) उक्त सहयोग प्राप्त गरि फाईदा लिने पहिलो नम्बरमा परेका छ्न। जसमा सयौको सङ्ख्यामा रेस्टुरेन्ट सन्चालन गरिरहेका नेपालीहरु समेत लाभान्वित हुनेछ।उक्त अनुदान खाद्य र पेय क्षेत्र(रेस्टुरेन्ट/बार)का ५० भन्दा कम कामदार रहेको साना ब्याबसाय वा रेस्टुरेन्टहरुले मात्र उक्त रकम प्राप्त गर्नेछन।

विश्व बरियताका २८ औ धनाढ्य हङकङका लि का सिङ

उक्त अनुदान लिन रेस्टुरेन्टहरुलाई अनलाईन मार्फत निबेदन जानकारी गराएको छ।निबेदनका लागि रेस्टुरेन्टको अगाडि तिर नाम लेखिएको बोर्ड सहितको तस्बिर, वैध व्यापार दर्ता प्रमाणपत्र र मे १ भन्दा अगाडि लिईएको प्राप्त गरेको एफ एन्ड बि लाईसेन्स पेश गर्नु पर्नेछ।निवेदन यहि नोभेम्बर महिनाको ७-१७ सम्म खुल्ला गरिनेछ। योग्य ठहराईएको निबेदकहरुले नोभेम्बर अन्तिम बाट रकम प्राप्त गर्न सक्ने कुरा द स्टान्डर्डले बताएको छ। उक्त अनुदानबाट हङकङमा संचालित ४-५ हजारको हाराहारीमा रहेको रेस्टुरेन्टहरु मध्ये करिब ३३३३ रेस्टुरेन्टहरु उक्त सहयोग बाट लाभान्वित हुनेछ।

बगैंचा बार

विशेष गरि हङकङमा चलिरहेको आन्दोलनको कारण केहि महिना बाट रेस्टुरेन्ट उद्योगहरु धरासयी हुँदै गैरहेका छन। ब्यापारमा ३०% भन्दा बढीले गिरावट आएको छ भने २०० भन्दा बढी रेस्टुरेन्टका आउटलेटहरू बन्द भैसकेका छन भने कैयौ बेरोजगार भएका छन।
सरकारले लि को उक्त कदमको स्वागत गर्दै हङकङको आथिक स्थायित्व कायम गर्न उद्योगहरुलाई सहयोग गर्दै हङकङको आर्थिक स्थायित्व कायम गर्न सबै किसिमका प्रयत्न गरिने बताएको छ।
लामो समय बाट रेस्टुरेन्ट ब्याबसाय गर्दै आएका ब्याबसायी तथा साहित्यकार कमल पौडेलले लि को उक्त कदमलाई “पेन किलर” को रुपमा लिएका छन। पौडेल भन्छ्न ” रोग डाईगनोसिस भै सकेको अवस्थामा पुर्ण निदान गर्न अब सरकारले किमोथेरापी शुरु गर्नु पर्दछ।त्यसका लागि सर्बप्रथम शान्ती र स्थायित्व कायम गर्न आवश्यकता छ”। पौडेलले थपे” यो विषम परिस्थितिको किनारा लगाउन सरकार कै भुमिका महत्त्वपूर्ण हुन्छ। उक्त अनुदान नहुनु भन्दा कानो मामा निको जस्तै हो।शान्ती र स्थायित्व भए मात्र पर्यटकहरु आउछन”। उनले अगाडी भने” बर्तमान परिस्थितिले मान्छेहरु खानपिनका लागि बाहिर निस्कनै छाडी सके, धन्दा चौपट भएको छ, उक्त अनुदानले एक महिनाको लागि भाडा तिर्न सजिलो होला वा केही स्टाफहरुको तलब दिन पुग्ला तर सधै भर त्यसले थेग्न सक्दैन”।तथापी एक ब्यक्ती बाट भएको उक्त कदम सराहनीय भएको बताए।

बगैंचा रेस्टुरेन्ट

हङकङमा सयौको सङ्ख्यामा नेपालीको स्वामित्वमा सन्चालित रेस्टुरेन्ट तथा बार हरु छन। जोर्डन क्षेत्रमा मात्र दर्जनौ नेपालीहरुको स्वामित्वमा सन्चालित छन। उक्त अनुदानले धेरै नेपाली रेस्टुरेन्ट ब्याबसायीहरु लाभान्वित हुने सक्ने सम्भावना रहेको छ।

बगैंचा रेस्टुरेन्ट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार