बालबालिकाहरुको छैठौं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

  टोपबहादुर याक्खा

२६ अक्टुबर, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङ अन्तर्गत तेक्वान्दो किड्स क्लास जोर्डन ब्रान्चमा प्रशिक्षण लिइरहेका बालबालिकाहरुको छैटौं बेल्ट अपग्रेडिङ्ग टेष्ट जोर्डन स्थित कुन चुङ स्पोर्टस सेन्टरमा सम्पन्न भयो ।
क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त बेल्ट अपग्रेडिङ टेष्टमा कलर बेल्टका ३ दर्जन बढि प्रशिक्षार्थी बालबालिकाहरुले टेष्ट दिएका थिए । सो अवसरमा स्टुडेण्टहरुले पुम्सेइका साथै सेल्फ डिफेन्स, किकिङ पावर, पन्चिङ पावर, ब्लकिङ, उड ब्रोकन लगायत तेक्वाण्दो सम्बन्धि विभिन्न आकर्षक कलाहरु समेत प्रदर्शन गरेका थिए ।
बेल्ट अपग्रेडिङ टेष्ट सम्पन्न भएसंगै उत्तिर्ण प्रशिक्षार्थीहरुलाई ग्राण्ड मास्टर राईले बेल्ट तथा सर्टिफिकेट वितरण गरेका थिए ।
केही दशकयता अन्तराष्ट्रिय खेलका रुपमा लोकप्रिय बन्दै गएको तेक्वान्दो खेलले श्वास्थ्य रहनका लागि शारीरिक व्यायम, आत्म सुरक्षाका साथै अनुशासनमा रहन समेत सिकाउँने हुँदा समयको सदुपयोग गर्दै हरेक उमेरका व्यक्तिले विशेष महत्वका साथ सिक्नु पर्नेमा जोड दिदै ग्राण्ड मास्टर राईले जोर्डन किड्स ब्रान्चका प्रशिक्षक, स्टुडेण्ट तथा प्यारेन्ट्सहरु प्रति आभार प्रकट गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार