९० औं साहित्य श्रृंखला महाकवि लक्ष्मी प्रसाद देवकोटा विशेष

  टोपबहादुर याक्खा

२७ अक्टुबर, हङकङ– महाकवि लक्ष्मी प्रसाद देवकोटाको १११ औं जन्मजयन्तीको अवसरमा देवकोटा तथा तिहार विशेष सृजना वाचन तथा देउसी भैलो खेल्दै ९० औं हङकङ साहित्यिक साझा श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो ।
साहित्य श्रृंखलाका संयोजक सुनिता गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको फोटोमा फूलमाला चढाइएको थियो । कार्यक्रम संचालक समेत रहेका श्रृंखलाका सह–संयोजक दिपेन्द्र राईद्धारा देवकोटाको संक्षिप्त जीवनी दिएसंगै कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु पूर्णिमा शाह, रविन राई, दाजु गुरुङ, डोम राना, सन्ध्या क्षेत्री, गिता अधिकारी, नारायण भण्डारी, चन्द्र मादेन ‘आञ्छन’, सुनिस्का याक्खाका साथै बेथल हाइस्कुलमा अध्ययनरत विद्यार्थीहरु जस्मिना दुरा, सजनी गुरुङ, प्राप्ती गुरुङ, सलिना गुरुङ लगायतले देवकोटा विशेष सृजना वाचन तथा गीतहरु गाएका थिए भने डी.बी. पालुङवा, सरण सुब्बा तथा कार्यक्रमका अध्यक्ष सुनिता गिरीले महाकवि लक्ष्मी प्रसाद देवकोटाले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा दिनु भएको अमुल्य योगदान माथि चर्चा गरेका थिए ।
देउसी भैलो तथा नृत्य प्रदर्शन गर्दै मनोरञ्जनात्मक ढंगले दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको थियो ।
२०१२ मा स्थापित साहित्य श्रृंखलाद्धारा नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ७ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा, कृति प्रकाशन तथा स्रष्टा सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार