निवर्तमान सभामुखलाई अदालतमा पेस……..

काठमाडौं – बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँमा पेस गरिदैँछ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले महरालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने बताए । उनका अनुसार निवर्तमान सभामुख महराको बिहीबार थुनछेक बहस सुरु हुँदैछ । कानूनका जानकारका अनुसार थुनछेक बहसपछि सम्भवतः बिहीबारै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको आरोप लगाएपछि महरा १९ असोजमा पक्राउ परेका थिए। उनी सरकारी निवास बालुवाटारबाटै पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो । तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि समय मागेपछि अदालतले पछिल्लो पटक ७ कात्तिकमा थप सात दिन म्याद थपिदिएको थियो गत १३ गते संसदकै महिला कर्मचारी रोशनी शाहीले बलात्कार गरेको आरोप लगाएपछि महराले १४ नै राजीनामा दिनुपरेको थियो।   श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार