प्रहरीको गोली लागेर एक युवाको मृत्यु……….

कपिलवस्तु – कपिलवस्तुमा गोली लागेर एक जनाको मृत्यु भएको छ। कृष्णनगरमा प्रहरीको गोली लागेर सुरजकुमार पाण्डेको मृत्यु भएको हो। हिन्दू र मुस्लिम समूदायबीच भएको झडपले सो स्थान तनावग्रस्त बनेको छ। झडपलाई नियन्त्रणमा लिन गोली चलाउँदा हिन्दू समुदायका युवा पाण्डेको मृत्यु भएको स्थानीयले बताएका छन् । लक्ष्मी पूजा गरेपछि मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच बुधबार राति नै तनावको स्थिति सिर्जना भएको थियो । प्रहरीले भने गोली लागेर मृत्यु भएको विषयलाई अस्वीकार गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपशम्शेर राणाले स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको बताए। उनले भने,’हामी घटनास्थलमा पुगिरहेका छौ, गोली लागेर एक जनाको मृत्यु भएको आशंका गरिएको छ।’ स्थितिलाई नियन्त्रणमा लिन भनेर स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर तथा दक्षिण तर्फ पनि ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो । लक्ष्मी पूजा गरिसकेपछि हिन्दू समुदायका व्यक्तिहरुले कृष्णनगरको झन्डीनगरस्थित नदीमा मूर्ति विसर्जन गर्न लगेका थिए। तर, मुस्लिम समुदायका युवाहरुले मूर्ति विसर्जनमा अवरोध गरेपछि तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। तनाव र झडप बढे पछि बिहीवार बिहान जिल्ला सुरक्षा समितिको बसेको बसेको आकस्स्मिक बैठकले कयफ्र्यको निर्णय गरेको प्रशासकीय अकिधकृत मनोज सैनीले बताए। प्रजिअ गजेन्द्र बहादुर श्रेष्ठले जारी गरेको कफेर्यु आदेश अनुसार कृष्णनगर भन्सार कार्यालय देखि उत्तर ७ सय मिटर, पश्चिम सात सय मिटर, र पुर्व ३ सय मिटर क्षेत्र निर्धारण गरिएको छ। सो क्षेत्र भित्र हिडडुल गर्न जम्मा हुन प्रतिबन्ध लगाईएको छ। आदेश अवाज्ञा गरिएमा कानुन अनुसार कारबाही गरिने प्रजिअ श्रेष्ठले बताए। झडपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले बुधवार राति केही राउन्ड अश्रु ग्यास समेत हानेको जनाईएको छ। झडपमा एक दजृन स्थानीय र २ प्रहरी समेत घाईते भएका छन। प्रहरीले दमन गरेको भन्दै बिहीवार कृष्णनगरको बस पार्कमा रहेको प्रहरी बिटमा समेत आगजनी गरेका छन। प्रहरी र प्रर्दशनकारी बिहान ढुंगा हानाहान भईरहेको छ। स्थितिलाई नियन्त्रणमा लिन कृष्णनगर कृष्णनगरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्र टोली परिचालन गरिएको प्र्रजिअ श्रेष्ठले बताए। ‘प्रहरीमाथी नै छतबाट समेत ढुंगा प्रहार भईरहेका छ, तर संयमित हुन निर्देशन दिएको छु’ उनले भने। गत बर्ष दशैका बेला पनि दुर्गा मुर्ति बिर्सजनकाक्रममा हिन्दु र मुस्लिम समुदाय बिच झडप हुदा कफुर्य लगाईएको थियो। गएको दशैका बेला मुर्ति बिर्सजनकाक्रमा भारत र नेपालका सुरक्षाकर्मी र स्थानीय अगुवा बिच छलफल गरिएकाले कुर्नै अप्रीय घटना भएन। तर तिहारमा भने सुरक्षाकर्र्मीले सुरक्षा बारे त्यति चासो दिएको थिएन। जसले गर्दा लक्ष्मी मुर्र्ति बिर्सजनमा फेरी घटना दोहरीएको हो।     श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार