तुम्याहाङहरुबाट कमल तिगेलाको पिएच.डि. उपाधि अनुमोदन

१६ कार्तिक, काठमाडौ ।

त्रिभुवन विश्व विद्यालयबाट भखर्रै पिएच.डि. उपाधि प्राप्त गरेका छथर निवासी कमल प्रसाद तिगेलाले दश लिम्वुवान सत्र थुमको परम्परा अनुसार लिम्वु तुम्याहाङहरुबाट विधिवत रुपमा चौठोमा रक्सी (पुङ) राखी उपाधिलाई चुम्लुङहिम ललितपुरमा अनुमोदन गराए ।
लिम्वु समुदायमा तुम्याहाङ सर्वोच्च निकाय भएको र कुनै पनि उच्च निकायले उपाधि, विभुषण दिए पनि तुम्याहाङहरुले स्वीकार नगरेसम्म समुदायमा मान्यता नहुने प्रचलन अनुसार काठमाडौका लब्ध प्रतिष्ठित तुम्याहाङहरुले तिगेलाको विद्यावारिधि सम्वन्धि त्रिविविका उहाँका सुपरिवेक्षक डा. कृष्ण वहादुर भट्टचनले स्पष्ट गरेपश्चात् पुङ समातेर अनुमोदन गरे ।

आदिवासी याक्थुङ लिम्वुहरुको पूख्र्याउली भूमि र परम्परागत संस्था विषयमा शोध अध्ययन गरी विद्यावारिधिको उपाधि लिएका तिगेलाले आफुले चोरी चाकरी नगरी इमान्दारितापूर्वक अध्ययन गरेको र आँखी डाही लागेमा साक्षात तुम्याहाङहरुलाई साक्षी समेत राखे । आगामी दिनमा तिगेलाको अध्ययनलाई लिम्वु समुदायमा ज्ञानको रुपमा उपयोग गर्ने र डा. कमल प्रसाद तिगेला भनेर सम्मान दिने समेत तुम्याहाङहरुले सहर्ष स्वीकार गरेका छन् ।

दश लिम्वुवान सत्र थुमका तुम्याहाङहरुमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम, पुर्व अध्यक्षहरु नन्द कन्दङ्वा, मञ्जुल याक्थुङ्वा, उत्तमसिं थाङ्देन थिए । अन्यहरुमा रकम चेम्जोङ, डा. डम्वर चेम्जोङ, वालकृष्ण मावुहाङ, डा. युवराज लिम्वु, डा. धिरेन्द्र नाल्वो, नेत्र तुम्वाहाम्फे, डा. चन्द्र कुमार शेर्मा, अमर तुम्याहाङ, पुर्व जनरल होम कुमार लावति, खगेन्द्र जवेगु, राम मादेन र पिएच.डि. सुपरिवेक्षक डा. कृष्ण वहादुर भट्टचनलगायतका दर्जनौ तुम्याहाङहरु सहभागि भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार