आलमलाई बयानको लागि अदालत लगियाे……….

राैतहट – अफताव आलमलाइ बयानको लागि अदालत लगिएकाे छ । आलममाथि प्रहरीले ३ वटा अभियोग लगाएर प्रहरीले ८ सय १८ पेजको प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेका फायल साेमबार ४० पेजको अभियोग पत्रसहित आलमविरुद्ध मुद्दा दर्ता गरिएकाे छ। आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मर्ने उधोग र बम बिस्फोट गरी ३ मुद्दा चलाउने गरी अदालमा दायर भएको अभियोग पत्रमा उल्लेख छ। आज बिहानै गोला प्रथा द्वारा इजलाश नम्बर ४ का न्यायाधीश दिपक ढकालकाे बेन्चमा बयान भइ सकेपछि बहस हुने बुझिएको छ । सदरमुकामको सुरक्षा व्यवस्था कडा पारिएको छ । पिडित तथा वादीकाे पक्षमा दुई वरिष्ठ अधिवक्ता सहित १२ जना कानुन व्यवसायीले बहस गर्ने भएका छन्। वरिष्ठ अधिवक्ता डाक्टर युवराज संग्रौला र दिनेश त्रिपाठीले पीडितको पक्षमा बहस गर्ने काठमाडौं बाट बहस गर्न आएका अधिवक्ता पुष्पराज पौडेलले नागरिकन्युजलाई बताएका छन । अधिवक्ता पौडेलले दिएको जानकारी अनुसार दुइजना वरिष्ठ अधिवक्ता सहित आशिक राम कार्की, गोबिन्द शर्मा बन्दी, रुद्र पोखरेल, कुमार शर्मा, राजकुमार महासेठ, ओम प्रकाश अर्याल, सतिषराज मैनाली र अमर राउतले पीडितको पक्षमा बहस गर्ने पौडेलले बताए । आलमको ब्यान सकिसकेपछी जिल्ला सरकारी वकिल जिल्ला न्यायधिवक्ता खडिन्द्र राज कटुवालले बहस सुरु गर्ने बुझिएको छ । त्यसपछि सहन्यायाधिवक्ता सुर्य राज दहाल, पर्सा जिल्ला न्ययधिवक्ता रुद्र प्रसाद पन्थी, उपन्यधिवक्ता अर्जुन प्रसाद कोइराला र सहायक न्यायधिवक्ता राम प्रसाद पन्थीले पीडितको पक्षमा बहस गर्ने जिल्ला न्ययधिवक्ता खडिन्द्र राज कटुवालले बताए। आलमको पक्षमा २८ जना रौतहट जिल्ला कै कानुन व्यवसायीले बहस गर्ने बुझिएको छ । श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार