संखुवासभा दिदीबहिनी समूह हङकङको देउसीभैलो सम्पन्न

  टोपबहादुर याक्खा

१६ नोभेम्बर, हङकङ– संखुवासभा दिदी बहिनी समूह हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, देउसी भैलो तथा नाँचगान गर्दै २०१९ को देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो ।
जोर्डनस्थित हङिग्र आई रेष्टुरेण्टमा आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष झोना गुरुङको श्वागत मन्तब्यसंगै कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष गौमाया घले तथा प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाद्धारा पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
प्रथम चरणको कार्यक्रममा समाजका अध्यक्ष गौमाया घले, प्रमुख अतिथि टंक राना, संखुवासभा समाज हङकङका अध्यक्ष टोपबहादुर याक्खा, प्रदेश नं. १ तमु समाजका अध्यक्ष हेम प्रताप गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने दोस्रो चरणको कार्यक्रममा उपस्थित जिल्लाबासी तथा अतिथिहरुद्धारा देउसीभैलो तथा नाँचगान गरेर भरपूर मनोरञ्जन लिदै कार्यक्रमको समापन भएको थियो ।
हङकङबासी संखुवासभाली दिदी बहिनीहरुको हक, हित र एकताका लागि २०१३ मा स्थापित संखुवासभा दिदी बहिनी समूह हङकङ संखुवासभा समाज हङकङको भातृ संगठनको रुपमा सक्रिय रहदै आएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार