शीर्ष नेताबीच भेटघाट तीव्र………..

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसँगै शीर्ष नेताबीच भेटघाट र छलफल बाक्लिएको छ। आइतबारको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्ने भए ढिला नगर्न सुझाव दिएपछि सोमबार साँझ पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन्। सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको उद्घाटन गरेपछि वालुवाटारमा ओली दहाल भेटघाट भएको थियो। केही सरकारी काम सिध्याएर ओलीले मन्त्रिहरु कसलाई बनाउने भन्ने बारेमा अर्का अध्यक्ष दाहालसँग छलफल गरेका थिए। वालुवाटारमा साँझ भएको छलफल प्रधानमन्त्री ओली अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल सहभागी छन्। त्यसअघि प्रधानमन्त्री ओलीले महासचिव पौडलसँग एक्लै छलफल गरेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपिरषद् पुर्नगठन कहिले हुन्छ भन्नेबारेमा आपूmलाई जानकारी नभएको बताए। ‘दुई अध्यक्षबीच छलफल चलिरहेको छ पार्टी र सरकारकै विषयमा छलफल भएको हुनसक्छ,’ प्रेस सल्लाहकार थापाले भने। सोमबार विहान दाहाल निवास खुमलटारमा पनि नेताहरुवीच भेटघाट भएको थियो। सो भेटघाटमा वरिष्ठ नेता माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। सोमबार विहान नर्वेजियन नागरिकसँग भेटघाट र सुरुङ इन्जिनियरिङबारे सामान्य छलफल भनिएपनि नेताबीच राजनीतिक कुराकानीसमेत भएको थियो। नेतात्रयको भेटघाट भइरहेका बेला भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ पनि पुगेका थिए। महासेठ पुगेपछि भने खासै कुराकानी नभइ नेताहरु फर्केका थिए। खासगरी महासेठको कामप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरिरहेका बेला उनी दाहाल निवास खुमलटार पुगेका थिए। प्रधानमन्त्री ओली खानेपानी मन्त्री बिना मगर, खेलकुदमन्त्री जगत विश्वकर्मा, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृक यादव महिला तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालगायतसँग पनि असन्तुष्ट रहेका छन्।  श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार