हङकङमा सम्पन्न जिल्ला परिषदको चुनवमा लोकतान्त्रिक पक्षधरको अत्याधिक बिजय

हङकङ, २५ नोभेम्बर

२४ नोभेम्बर २०१९ आईतबार  भएका छन् । हङकङका जनताले बेइजिङ पक्षधर उम्मेदवारहरूलाई लज्जास्पद रूपमा हराउदै क्यारी लामलाई स्पष्ट सन्देश दिएका छन् भने उक्त चुनाव मार्फत कार्यकारी प्रमुख क्यारी लामको पछिल्ला कदमप्रति असहमति र असन्तुष्टि जाहेर गरेका छन्।

चुनावको पछिल्लो परिणाम अनुसार जिल्ला परिषदको ४५२ कुल सिटमध्ये लोकतान्त्रिक पक्षधरले ३९६ सिट जितेको छ भने बेइजिङ पक्षधर उम्मेदवारहरूले ५९ सिट मात्र जितेका छन्।यस परिणामले लोकतान्त्रिक पक्षधरहरूले झण्डै ९० प्रतिशत सिटमा कब्जा जमाउंन सफल भएका छन ।

यसरी बेइजिङ पक्षधरका उम्मेदवारहरू पराजित हुनुमा हङकङमा विगत छ महिनादेखि जारी आन्दोलनमा कार्यकारी प्रमुख( क्यारी लामको दमणकारी नीतिलाई मूख्यकारणको रूपमा हेरिएका छ। आन्दोलनकारीको मागलाई लाम सरकारले संम्बोधन गर्न नसक्दा बिगत छ महिनादेखि हङकङ निरन्तर आन्दोलनमा होमिदै आएको छ र परिस्थिति प्रतिकुल बन्दै आईरहेकोछ।

प्राप्त चुनावी परिणामले हङकङका जनता लोकतान्त्रिक पक्षधर आन्दोलनको साथमा छन् भन्ने देखिन्छ। हङकङेली दैनिक जीवनमा अशान्ति र बाधाका कारण जनताले आन्दोलनको विरूद्ध मतदान गर्नेछन् भन्ने क्यारी लाम सरकार र चीनको अनुमानलाई हङकङका जनताले गलत साबित गरिदिएका छन । जुन सन्देश चीनको लागि शूभसंकेत होइन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार