हंगकंगमा ब्याडमिन्टन लिग प्रतियोगिता हुदै

  - टेकेन्द्र सुब्बा

हङकङमा नेपालीहरु सम्बद्द हङकङ नेप्लिज ब्याडमिन्टन संघले पहिलो पटक ओपन लिग आयोजना गर्ने भएको छ। संघमा आबद्ध सम्पूर्ण नेपाली खेलाडीहरु सहभागी हुन पाउने यो लिग आगामी डिसेम्बर महीनाको पहिलो साता बाट शुरु भै करीब १-३ महीनामा सम्म सन्चालन हुनेछ।
लिगका मुख्य संयोजक रजिन राईबाट प्राप्त जानकारी अनुसार पुरुष डबल्स डिभिजन ए, पुरुष डबल्स डिभिजन बी र महिला डबल्स गरी जम्मा ३ बिधामा हरेक हफ्ताको शनिबार र आइतबार लिगका खेलहरु खेलाईने छ।प्रत्येक बिधाका बिजेता र उप बिजेता खेलाडीहरुलाई आकर्षक नगद पुरस्कार र ट्रफी समेत प्रदान गरिने राईले बताएका छन।
संघका वर्तमान अध्यक्ष हेमराज राईका अनुसार लिग प्रतियोगिताले हंगकंगमा रहेका नेपाली ब्याडमिन्टन प्रेमीहरुलाई एक जुट गराई स्वस्थ प्रतिस्पर्धा र मनोरञ्जन प्रदान गराउने तथा खेलाडीहरुको स्तर निर्धारण गर्न मद्दत पुर्याउने बताएका छन।खेल सङै ब्यक्तिगत स्वस्थ र तन्दुरुस्तीका लिग मार्फत संघले राम्रा खेलाडीहरु उत्पादन गर्ने उद्धेश्य रहेको बताएका छन।
सन् २०११ मा स्थापित संघमा झन्डै ८० सकृय सदस्यहरु रहेका छन भने २०० भन्दा बढी नेपालीहरुले ब्याडमिन्टन खेल्दै आएका छन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार