लधुकथा
“देख्नेबेलामा चैं के देखेर ल्यायौ ?
ऐलै म थोत्रे भएर हेपेको?”
बाटुली ढिक्का झार्दै भित्ता तिर फर्केर हुं ~हुं गर्दै रुन थाली।
छेउघरे अंगेनामा दाउरा झोस्दै कित्ली मा तातो पानी बसाल्छ । सोहोरिएको अनुहार अझ बिगार्दै-
“हैन के खाल्को आईमाई हो तं?
तेरो दाईजो मा ल्याएको कसुंडी भांडा होर थोत्रे हुनलाई?
मान्छेले स्वयं आफैलाई ईज्जत् गर्न जान्नुपर्छ तब न भारी गर्हौं हुन्छ।”
छेउघरेको कुराले उताबाट बाटुली रोएको एकाएक बन्द हुन्छ। जसरी द्रुत गतिमा हुईकिएको सवारी साधन इमर्जेन्सी ब्रेक हान्दा रोकिन्छ।
छेउघरे सुर्ती को ठुटा सल्काउंदै अलि जोरले बोल्छ –
“आगो सक्किन लाग्यो है, चिया बनाउंदा घांटीबाट छिर्नै मान्दैन र पो त, नत्र म आफै बनाउथें।
चुपचाप चुपचाप ….
बाटुली चिया पकाउन लाई अगुल्टो ठोस्न थाल्छे।
दुबै मौन ब्रतमा जस्तै देखिन्छन् ।
खाली,
आवाज छ त छिङ~छिङ बज्दै गरेको कांचको चुराको।
एकैछिन पछि आवाज थपियो,
सुरुप्प!!! सुरुप्प !!!
☕☕