मेला वजारको जीवन्त झझल्को चासोक तङ्नाम (भिडियो सहित)

२७ मंसिर,काठमाडौ ।

सिरवन्दी, कण्ठमा च्याट्टै सजिएर चासोक मेला भर्न लतितपुर सानो हात्तिवनमा देखिइन् लिम्वु समुदायकी सेलिब्रेटि प्रविन पन्धाक । युवा र वुढापाकाहरुसंग फोटो खिचाउन व्यस्त थिइन् । कोही भने सोल्टीनिसंग आज धाच नाच्ने भन्दै जिस्काउदै थिए । काठमाडौ मै हुर्केकी पढेकी उनी लिम्वुनीपनले भरिपूर्ण, रुपले छपक्कै मात्र नभई बौद्धिकताले सजिएकी प्रविनले ठठ्याउली पाराले सोल्टीहरुलाई जवाफ फर्काउदै थिइन।

‘धान नाच्ने आाट र हिम्मत भए आउनुहोस बेलैमा,
सम्झौनि विर्सौनी नाचिराखौ चासोकको मेलैमा !

त्यसो त ललितपुरको सानो हात्तिवनमा चासोकको रौनकमा रम्ने सेलिब्रेटि प्रविन मात्र होइन, मोडल तथा नायिका रुपा आङ्वुहाङ, उपसना नेम्बाङ , बबिता फोम्बो  लिम्वुनीको भेषमा सजिएर सेकुवा र छ्याङ्को सेवा प्रदान गर्दा चलचित्रको अभिनय गरिरहेको झझल्को दिन्थ्यो । सिंगापुरको लामो वसाईपछि नेपाल आएकी मोडल कोपिला आङवुहाङ,  गायक तथा नायक रुकमान लिम्वु, दिपा सुहाङ, मोहन मादेन, पत्रकार मिलन लिम्वु लगायतका प्रतिभावान युवा युवतिहरुको उपस्थितिले चासोक तङ्नामलाई मेलामय बनाएको थियो ।

लिम्वुवान क्षेत्रमा लाग्ने माघेनी मेला, पुसे मेला, युवकमेला, माइवेनी मेला, सिरिजंगा मेलाको झझल्को दिदै ललितपुर हात्तिवनको चासोक तङ्नाममा सोल्टा सोल्टीनिहरु विच रेला ठट्टा गर्दै पालाम गाउदै धान नाचेको दृष्यहरु देखिए । गाउँघरको वजार हाटमा देखिने लिम्वुवानी स्वादका खानेकुराहरु याङ्वेन, तिनपाने रक्सी, सेलरोटी र सेकुवाहरुको स्टलहरु प्रसस्तै देखियो ।


पुराना साथीभाई इष्टमित्र, सोल्टा सोल्टीनिहरुको भेटघाट गर्ने महत्वपूर्ण थलो वन्दै गएको आभास हुन्थ्यो । सोल्टी र सोल्टीनिहरुको लामो समयपछिको भेटभा भनिने वाक्यांशहरु सुनिन्थे ।
सिङ्गारी मेदा लिङ्वारी फोन्छिन,
चिःतुङ्वा मना तःगुमु तोन्छिन ।
माया र सद्भावमिश्रीत यस्ता बाक्यांशहरु लिम्वुवानी क्षेत्रमा चर्चित छन्
यसको अर्थ हो :
सिङ्गारी वाख्रा सिरुवारीमा झुन्ड्यो,
मन नपरेको मान्छे अगाडि उभियो ।

सोल्टीनिज्यू गति मति नपरेको मान्छे भए पनि हिङ् भएको लिम्वुको छोराले आट्यो है भनेर प्रस्तुत भएको दृष्यहरुले लिम्वु, लिम्वुनित्व र गाँउघरको मेला वजारको याद जो कोहीलाई दिलाउथ्यो ।

पुर्वेली मेला वजार घुमेका डुलेका चर्चित व्यक्तित्व तुम्याहाङ् बालकृष्ण मावुहाङले मेला घुम्दै गरेको अवसरमा तुम्याहाङ्हरु नन्द कन्दङ्वा, अर्जुन लिम्वु, लक्ष्मी तुम्वाहाङ्फेलाई भन्दै थिए :सोल्टीनिहरु नभेटिन्जेल त हिडेको हिडेकै गर्ने हो भन्ने कुरा कम ताजुव लाग्दो थिएन । नयाँ पुस्ताको आफ्नोपन प्रतिको अगाघ माया जागेकोमा नुमाफुङ चलचित्रका निर्देशक नवीन सुव्वा मेलाको रौनकता नापिरहेका थिए ।

काठमाडौ र ललितपुरमा चुम्लुङ्ले आयोजना गर्ने एक राते तङ्सिङ्, चासोकको अवसरमा त्रिविविका सहप्राध्यापक बालकृष्ण मावुहाङ् र नेपाली सेनाका कर्नेल लक्ष्मी तुम्वाहाङ्फेको उपस्थिति नभए मेलाको मुन्धुम पुरा नहुने कुरा राम मादेनले ठठ्याउली पाराले भन्दा उन्मुक्त हाँसोको पर्रा अविष्मरणीय थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार