हङकङको साहित्य श्रृंखलाले भूपि र लैनसिंहलाई सम्झियो

  टोपबहादुर याक्खा

२९ डिसेम्बर, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाले साहित्यकार तथा चित्रकारद्धय भूपि शेरचन र लैनसिंह वाङदेलको स्मृति दिवस मनायो ।
साहित्य श्रृंखलाका संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न ९२ औं श्रृंखलामा कवि भूपि शेरचन तथा चित्रकार एवं साहित्यकार लैनसिंह वाङदेलको संक्षिप्त जिवनीसंगै विभिन्न साहित्यिक व्यक्तित्वहरुले वहाँहरुसंग सम्बन्धित सृजनाहरु वाचन गरेका थिए ।
श्रृंखलाका सह–संयोजक समेत रहेका चित्रकार तथा साहित्यकार दिपेन्द्र राईद्धारा तयार पारिएको साहित्यकारद्धयको तस्विरमा फूल चढाएसंगै कवि तथा साहित्यकार भूपेन्द्र चेम्जोङले कवि भूपि शेरचनको जिवनी माथि प्रकाश पारेका थिए भने अर्का साहित्यकार सन्ध्या क्षेत्रीले चित्रकार तथा साहित्यकार लैनसिंह वाङदेलको बारेमा आफ्ना भनाईहरु राखेकी थिइन ।
त्यस्तै गरी अन्य साहित्यकारहरु नारायण भण्डारी, डी.बी. पालुङ्वा, रमण गुरुङ, लालबहादुर गुरुङ, गिता अधिकारी, कल्पना काफ्ले, अनुश्री आचार्य, विष्णु मुखिया  लगायतले भूपि र वाङदेल प्रति समर्पित सृजनाहरु वाचन गरेका थिए ।
डा.गोविन्द प्रसाद भटृराईको  ‘आराधाना’ र ‘मेरो पहिलो बेलायत यात्रा’ पुस्तक सार्वजनिक समेत गरिएको कार्यक्रममा श्रृंखलाका संरक्षक दाजु गरुङले समग्र कार्यक्रम बारे टिप्पणी राखेका थिए ।
२०१२ मा स्थापित साहित्य श्रृंखलाद्धारा नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ७ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु एकै ठाउँ भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा, कृति प्रकाशन तथा स्रष्टा सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार