१२ घण्टाभित्र तोकिएको ठाउँमा जान मल्ललाई निर्देशन…….

काठमाडौं – चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ। सरूवा भए पनि चितवन नछाडेका एसपी मल्ललाई बुधबार ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाले कार्यालयको सम्पूर्ण चार्ज बुझाएर सरूवा भएको ठाउँमा हाजिर हुन निर्देशन दिएको हो। प्रदेश प्रहरी कार्यालयले बुधबार दिएको निर्देशनमा भनिएको छ, ‘‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले तहाँ कार्यरत प्रहरी नायब उपरीक्षकलाई सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र ठेकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन निर्देशन गरिन्छ। चितवनका प्रहरी प्रमुख मल्ललाई गत साता प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो। उनीसहित २४ एसपीको सरुवा भएकोमा मल्ल भने अहिलेसम्म चितवनमै छन्। मल्लले रमाना नलिएपछि चितवनको प्रहरी प्रमुखमा सरुवा भएकी एसपी गंगा पन्तले जिम्मेवारी सम्हाल्न पाएकी छैनन्।   साभर:  एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार