हङकङ सरकार द्वारा विदेशी घरेलु कामदारहरुलाई घर बाहिर नजान आग्रह

  - बगैँचा सम्बाददाता

हङकङमा बिहीबार सरकारले विदेशी घरेलु कामदारहरुलाई उनीहरूको छुट्टीका दिन रोजगार दाताको घर मै रहन आग्रह गरेको छ। समुदायमा फैलिएको वुहान भाइरसको जोखिम कम गर्दै स्वस्थ्य जोगाउने कदम स्वरुप सरकारले त्यस्तो आग्रह गरेको हो।
श्रम विभागले एक विज्ञप्ति मार्फत जनाए अनुसार सरकारले घरेलु कामदारहरुलाईलाई सकेसम्म उनीहरूको छुट्टीको दिन रोजगारदाताकै घरमा आराम गर्न र सार्वजनिक यातायात तथा सार्वजनिक स्थानमा भीडबाट टाढा रहन अपील गरेको छ। साथै रोजगारदाताहरूले उनीहरूको छुट्टीका दिनमा काम लगाउन नपाईने समेत उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ ” रोजगारदाताहरूले आफ्ना घरेलु कामदारहरुसँग छुट्टी दिनको प्रबन्धबारे छलफल गर्नका लागि विशेष परिस्थितिहरूको बारे छलफल गर्नुपर्दछ, र यसले आपसी समझदारीको बाताबरणको सिर्जना गर्नु पर्दछ।”उनिहरू बाहिर जानको लागि अति आवश्यक भए अनिवार्य मास्क लगाउन र भीड ठाउँमा नबस्नु आग्रह समेत गरिएको छ।

श्रम विभागका अनुसार हङकङमा रहेको फिलिपिन्स र इन्डोनेसियाली वाणिज्य दूतावासहरूलाई समेत आफ्ना नागरिकहरूलाई ठूलो भीड वा भेला हुन नदिन आग्रह गरेका छन।

विज्ञप्तिमा रोजगारदाताहरूले आफ्ना घरेलु कामदारहरुलाई उनिहरुको छुट्टीका दिन काम गर्न बाध्य गराए रोजगारदातालाई हङकङ डलर ५० हजार जरिवाना हुन सक्ने समेत सचेत गराएको छ।
करिब ७५ लाख जनसंख्या भएको हङकङमा झन्डै ४ लाख बिदेशी घरेलु कामदारहरु कार्यरत छन। जसमा फिलिपिन्स र ईन्डोनेशियाका सबभन्दा बढी छन भने साढे चार हजार हाराहारीमा नेपाली कामदारहरु रहेका छन।उनिहरु अधिकाङ्स रोजगारदाताकै घरमा “ईन हाउस” बस्ने गर्दछन।अहिले सम्म उनिहरु कसैलाई कोरोना भाइरस सङ्क्रमण भएको खबर आएको छैन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार